दश वर्षपछि चिकित्सक पुगे, आवश्यक उपकरण भएन
जाजरकोट– यहाँको एक अति दुर्गम स्थानमा १० वर्षपछि चिकित्सक पाए पनि आवश्यक सामग्री नहुँदा समस्या भएको छ ।
जिल्लाको सबैभन्दा दूरदराजमा रहेको बारेकोट क्षेत्रका चार गाविसका लागि भन्दै चिकित्सक गए पनि आवश्यक उपकरण नहुँदा उपचार कार्य प्रभावित भएको छ ।
जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट क्षेत्रका २०६३ सालदेखि चिकित्सकको दरबन्दी भए पनि कोही गएका थिएनन् ।
दश वर्षपछि यो स्थानमा माघ १० गते चिकित्सक विमलकुमार यादव नेतृत्वको टोली खटिएको छ । उहाँको साथमा अहेब दुई, नर्स एक र कार्यालय सहयोगी एक जना रहेका छन् ।
स्वास्थ्य केन्द्रमा वरिष्ठ अहेब एक, नर्स दुई, अनमी दुई, अहेब एक, ल्याब सहायक एक र कार्यालय सहयोगी एक गरी जम्मा सातजनाको दरबन्दी अझै खाली रहेको छ ।
चिकित्सकसहितको टोली पुगे पनि ल्याब, एक्स–रे मेसिन, आकस्मिक सेवा दिने सामग्री नहुँदा समस्या भएको गुनासो चिकित्सक यादवले गरे । खाली भएका दरबन्दीमा छिट्टै पदपूर्ति र आवश्यक सामग्री सरकारले व्यवस्था गरेमा यहाँको स्वास्थ्य सेवा प्रभावकारी हुने आशा स्थानीयवासीले गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण