लक्ष्यभन्दा बढी मुद्दा फच्र्यौट
बिहीबार, २१ माघ २०७२, १२ : ४३
कालिकोट – आर्थिक वर्ष २०७२ र ०७३ मा लक्ष्यभन्दा बढी मुद्दा जिल्ला अदालत कालिकोटले फच्र्योट गरेको छ ।
जिल्लामा नियमित न्यायधिश हुनुका कारणले लक्ष्यभन्दा बढी मुद्दा फच्र्यौट भएका हुन् ।
अदालतमा दर्ता भएका नयाँ पुराना गरि कुल १ सय ९९ मुद्दाहरु मध्ये पौष मसान्तसम्म १ सय ११ वटा मुद्दा फच्र्योट भएको जिल्ला अदालतका श्रेस्तेदार यदु शर्माले बताए । ‘साउन यता ८२ वटा मुद्दा फैसला गर्ने अदालतको लक्ष्य भएपनि कुल १ सय ११ वटा मुद्दा फैसला गरेको छ ।’ उनले भने,–‘अदालतले साउनमा ६ वटा मुद्दा फच्र्योटको लक्ष्य राखेपनि १४ वटा मुद्दा फच्र्योट गरेको, भदौमा २१ मुद्दा फच्र्योट गर्ने लक्ष्य रहेकोमा ४० वटा मुद्दा फच्र्योट भएको, असोजमा १४ लक्ष्य रहेकोमा १५, कार्तिकमा १० लक्ष्य रहेकोमा हुन नसकेको, मंसिरमा २४ लक्ष्य रहेकोमा ३२, र पुसमा ६ लक्ष्य रहेकोमा ६ वटै मुद्दा फच्र्योट भएकोे छ ।’
यस्तै, यो वर्ष जिल्ला अदालत कालीकोटमा व्यक्तिवादी देवानी मुद्दामा पुरानो सरेर आएको ४९ र नयाँ दर्ता भएको २४ वटा मुद्दा गरी कुल ७३ वटा मुद्दा रहेको कार्यालयले जनाएको छ । जसमध्ये ३५ मुद्दा फच्र्योट भएका छन् भने ३८ मुद्दा वाँकी रहेका छन् । यस्तै व्यक्तिवादी फौजदारी मुद्दामा पुरानो सरीआएको ५६ र नयाँ दर्ता भएका २६ गरी जम्मा ८२ वटा मुद्दा रहेको कार्यालयले जनाएको छ । सरकारवादी फौजदारी मुद्दामा पुरानो सरीआएको २० र नयाँ दर्ता भएका २४ गरी कुल ४४ वटा मुद्दा दर्ता भएको र जसमध्ये २२ वटा मुद्दा फच्र्योट भएका, २२ वटै मुद्दा वाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण