शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सीमाबजारको दृश्यः भारतीय बजारमा भीडभाड, नेपाली बजार सुनसान

बिहीबार, २१ माघ २०७२, १२ : ५९
बिहीबार, २१ माघ २०७२

नवलपरासी – नवलपरासीका सीमावर्ती नेपाली बजारहरु दिनानुदिन आर्थिक रुपले धराशायी बन्दै गएका छन् । सीमा क्षेत्रका भारतीय बजारमा किनमेल गर्न जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ । तर, सीमा नजिकैका नेपाली बजारका ब्यापारीहरुको भने ग्राहक पर्खदाँ पर्खँदै त्यतिकै दिन बित्ने गरेको छ । भारतीय बजारमा ग्राहकको भीडभाड हुने तर नेपाली बजारमा सुनसान हुँदा समस्या भएको ब्यापारीहरुको गुनासो छ ।

नेपालका सीमाबर्ति बजारहरु सुनसान भएपनि नवलपरासीको सदरमुककाम परासी देखी १२ किलोमीटरमा रहेको भारत उत्तर प्रदेश महारागञ्ज जिल्लाको ठुटीबारी बजारमा नेपाली ग्राहाकहरुको भीड लाग्ने गरेको पाईन्छ । सीमाबर्ती क्षेत्रमा बस्ने नेपालीहरुले दांत मल्ने मञ्जनसमेत नेपालको बजारमा नकीनेर भारतबाटै ल्याउने गरेका छन् ।

नेपाली ग्राहकहरुलाई भारतीय बजार ठुटीबारीमा सामान किन्दा निकै सस्तो पर्ने भएकाले उनीहरु त्यतातर्फ आकर्षित भएको बताइन्छ । तर, भारतीय ब्यापारीहरुले कुनै एउटा सानो सामानलाई सस्तो दिने बाहाना बनाएर अरु समानमा ठगी गर्ने गरेका छन् ।

नेपाली ग्रहाकहरुले ठुटीबारीमा मात्र साना ठुला गरी सरदर दैनिक तिन देखी चार लाख सम्मको समान खरीद गर्ने गरेको ठुटीबारी ब्यापार मण्डलका मनोज जयसवालले बताए ।

भारतमा समानको किनबेच गर्नेहरुले नेपाली भन्सार नगराई समान ल्याउने गरेकाले यस्ता ग्राहकबाट कुनै राजश्व नउठने गरेको महेशपुर भन्सारका कर्मचारीहरुले बताएका छन् । एकातीर भन्सार नउठ्े, अर्कातीर नेपाली पैसा भारत जाने तथा नेपाली बजारमा किनमेल सुनसान हुँदा सीमाबजारका नेपाली ब्यापारीलाई घाटै घाटा भएको उद्योग बाणिज्य संघ नवलपरासीका पुर्ब अध्यक्ष बैजनाथ जयसवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप