क्रान्तिकारी पत्रकार संघको भेला तयारी तिब्र
बिहीबार, २१ माघ २०७२, १३ : ०५
धनगढी –क्रान्तीकारी पत्रकार संघ नेपालले यही २८ गते हुने प्रदेश न.७ को भेलाको तयारीलाई तिव्र पार्ने निर्णय गरेको छ ।
आज धनगढीमा क्रान्तीकारी पत्रकार संघका केन्द्रिय सदस्य र जिल्ला अध्यक्षहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।
पदाधिकारीले यही माघ २८ गते कैलालीको धनगढीमानै प्रदेश नं ७ को भेला सम्पन्न गर्ने निर्णय समेत गरेको क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टंक कुँवरले जानकारी दिए ।
प्रदेश नं ७ अन्र्तरगतका सुदुरपश्चिमका नौ जिल्लाका अध्यक्ष, उपाध्यक्ष सचिव र केन्द्रिय पार्सदहरुको उपस्थितिमा गरिने भेलाले संगठनको विधान संशोधनका साथै ७ नं प्रदेश सम्मेलन आयोजक समिति समेत गठन गर्ने क्रान्तीकारी पत्रकार संघका केन्द्रिय सदस्य विष्णु अवस्थीले बताए ।
सुदुरपश्चिममा रहेका क्रान्तीकारी पत्रकार संघका उपलब्ध केन्द्रिय सदस्य तथा कैलाली र कन्चपुुरका अध्यक्ष समेतको उपस्थितिमा भएको बैठकले भेला सम्पन्न गर्न कैलालीमा जिल्ला अध्यक्ष हरिश वि.क. तथा कन्चनपुरमा जिल्ला अध्यक्ष राजेन्द्र अवस्थीको संयोजकत्वमा अर्थिक संकलन उपसमिति समेत गठन गरेको छ ।
भेला व्यवस्थापनका लागि केन्द्रिय सदस्य पहल साउदको संयोजकत्वमा भेला तयारी समिति गठन गरिएको छ । बैठकलाई सम्बोधन गर्दै एकिकृत नेकपा माओबादी प्रदेश नं. ७ को सुचना तथा संचार विभागका संयोजक सुन्दर रेग्मीले क्रान्तीकारी पत्रकारहरुले मिसनका साथै व्यवसायिकतामा पनि जोड दिनु पर्ने बताए । देशमा राजनैतिक क्रान्तीको एक चरण समाप्त भइसकेको र अबको आवश्यकता आर्थिक क्रान्तीको भएकाले अब पत्रकारहरुले पनि देशलाई आर्थिक रुपमा सम्पन्न गराउने दिशातर्फ कलम चलाउनु पर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण