शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

रोमान्टिक गीति संग्रह लिएर आए दिनेश

बिहीबार, २१ माघ २०७२, १३ : ०८
बिहीबार, २१ माघ २०७२

काठमाडौं–दिनेश थपलियाको गीति एल्बम सारांश २ सार्वजनीक भएको छ । गीति संग्रहमा बसन्त सापकोटाको एकल संगीत रहेको छ भने गीतकार थपलियाको एकल शब्द छन् । उनी हाल सूचना तथा सञ्चार सचिवको रुपमा कार्यरत छन् । सात वटा गीत समावेश भएको गीति संग्रहमा अहिलेका चर्चित गायक गायिका अन्जु पन्त, स्वरुपराज आचार्य, सत्यराज आचार्य, राजेशपायल राई, इन्दिरा जोशी, प्रमोद खरेल, सरोज ओली र माधव कार्कीको स्वर छ । गीति संग्रहमा समावेश एउटा गीतको म्युजीक भिडियो पनि सार्वजनीक भएको छ । केहि दिन अगाडि सार्वजनीक भएको आई लभ यु बोलको गीतलाई युट्युबमा करिब २ लाख पटक हेरीएको छ । गीतमा कुञ्जना घिमिरे (सुन्तली), सिताराम कट्टेल (धुर्मुस) र पल शाह देखिएका छन् । यो रोमान्टीक गीतमा कुञ्जनाले धेरै पछि आफ्नो नृत्य कला दर्शकलाई देखाएकी छिन् ।

https://www.youtube.com/watch?v=GocNWQkG6pg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप