शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको ऋण सम्झौता सम्पन्न

बिहीबार, २१ माघ २०७२, १३ : २६
बिहीबार, २१ माघ २०७२

काठमाडौं– बुटवल पावर कम्पनी लि.को सहायक कम्पनी न्यादी हाइड्रोपावर लि.ले निर्माण गर्न लागेको ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको लागि ऋण सम्झौता सम्पन्न भएको छ । आयोजनामा एभरेष्ट बैक लिमिटेडको अगुवाईमा नविल बैंक लिमिटेड, ग्लोवल आइएमई बैक लिमिटेड, हिमालयन बैंक लिमिटेड, सनराइज बैक लिमिटेड र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको सहभागिताको सहवित्तियकरण समूहले रु ४ अरव ४० करोड ऋण लगानी गर्नेछ ।

न्यादी हाइड्रोपावर लि. एक आयोजना विकास कम्पनीकोरुपमा रहेको छ । यस कम्पनीमा बुटवल पावर समूहको बहुमत शेयरधनीकोरुपमा र लमजुङ विद्युत विकास कम्पनी लि.को सहभागी शेयरधनीकोरुपमा शेयर स्वामित्व रहेको छ । आयोजनाका स्थानीय जनता तथा सर्वसाधारणलाई समेत आयोजना कम्पनीले शेयर जारी गर्ने योजना समेत रहेको छ ।

न्यादी जलविद्युत आयोजना पश्चिम नेपालको लमजुङ जिल्ला अन्तर्गत बाहुनडाँडा गाविसमा अवस्थित छ । यस आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भईसकेको छ । ठेकेदारको नियुक्तिको प्रक्रियामा तिव्रता दिइएको छ र निकट भविश्यमानै सो कार्य सम्पन्न गर्ने लक्ष रहेको छ । यस आयोजनाको निर्माण कार्य २०७६ साल भित्र सम्पन्न गर्ने लक्ष लिइएको छ । यस आयोजनाको निर्माण सम्पन्न भएपछि नेपालको हालको उर्जा अभावलाई न्यूनिकरण गर्नका लागि महत्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप