शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

१२ औं लेखनाथ महोत्सब फागुन ५ देखि

बिहीबार, २१ माघ २०७२, १४ : २४
बिहीबार, २१ माघ २०७२

पोखरा – झण्डै २० करोड रुपैया कारोवारको लक्ष्य सहित १२ औं लेखनाथ महोत्सब फागुन पाँच गतेदेखि कास्कीको लेखनाथमा हुदैछ । फागुन १६ गते सम्म चल्ने महोत्सबमा १५ देखि २० करोड रुपैया कारोवारको लक्ष्य राखिएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । विहिवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सब अबधिभर तीन लाख दर्शक भित्रने अपेक्षा गरिएको छ । महोत्सबबाट करिब एक करोड पाँच लाख आम्दानी हुने र खर्च कटाएर झण्डै ३० लाख रुपैया बचतको लक्ष्य राखिएको प्रचारप्रसार संयोजक भरतकुमार अधिकारीले जानकारी दिए । महोत्सबबाट बचत भएको रकम सामाजिक उत्तरदायित्व वहनमा खर्चिने संघले जनाएको छ । महोत्सबमा कृषी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र रेष्टुरेण्ट लगायतका तीन सय स्टल रहनेछन् । महोत्सबको ८० प्रतिशत स्टल बुकिङ भैसकेको आयोजकले जनाएको छ । नाकाबन्दीको कारण मेला महोत्सबमा प्रत्यक्ष प्रभाब परेको भएपनि लेखनाथ महोत्सबको लागि उत्सुकताको साथ स्टल बुकिङ गर्नेहरु आईरहेको आयोजकको दावि छ । महोत्सबमा दर्शकको मनोरञ्जनको लागि दैनिक सास्कृतिक प्रस्तुतीसँगै गायन विधामा गण्डकी तारा प्रतियोगिता, कवि शिरोमणी लेखनाथ पौडेलको सम्झनामा कविता प्रतियोगिता, बिद्यालय तहको वाल प्रतिभा प्रष्फुटन सहित महिलाहरुको जोडी नृत्य प्रतियोगिता पनि समावेश गरिएको छ । महोत्सब प्रवेशको लागि विद्यार्थीलाई ३० र अन्यलाई ५० रुपैया टिकरदर कायम गरिएको छ । बृद्धबृद्धा, अपाङ्ग र एकल महिलाको लागि सामाजिक सुरक्षा भत्ता बितरण कार्ड मार्फत निशुल्क प्रवेश दिईने संघले जनाएको छ । साथै महोत्सब अबधिभर प्रवेशको लागि दुई सय ५० रुपैयामा प्रवेश पास उपलब्ध गराउने बताईएको छ । नाकाबन्दीको कारण शिथिल भएको अर्थतन्त्रलाई केहि चलायमान बनाउन महोत्सबले सहयोग पु¥याउने संघका अध्यक्ष एबं महोत्सब मुल आयोजक समितिका संयोजक लक्ष्मी त्रिपाठीको विश्वास छ । महोत्सबलाई रुपाकोट रिसोर्टले मुख्य प्रायोजन गरेको छ । महोत्सब सम्पन्न गर्न ४५ सदस्यिय कार्यसम्पादन समिति, सात सदस्यिय निर्देशक समिति, ११ सदस्यिय सल्लाहकार समिति र १९ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सबको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप