संसद्बाहेक जनजागरण पार्टीका नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश
काठमाडौ - संविधानसभामा प्रतिनिधित्व रहेको जनजागरण पार्टी नेपालका अधिकांश नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा संविधान निर्माणपछि मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएकोले आर्थिक विकास र समृद्धिको नीति लिएर उदाएको नयाँ शक्ति अभियानबाट मुलुकलाई अगाडि बढाउन सक्ने निष्कर्स सहित आफूहरुले प्रवेश गर्ने निर्णय गरिएको जानकारी दिइयो । सो पार्टीका संसद लोकमणि ढकाल, अध्यक्ष र महासचिव बाहेक सबै नयाँ शक्तिमा गएका छन् । पत्रकार सम्मेलनमा महासचिवसँग छलफल भईरहेको, अध्यक्ष अन्यौलमा रहेको जानकारी दिईयो । नयाँ शक्तिमा प्रवेश गर्नेहरुमा उपाध्यक्ष गणेश केसी, सचिव रामप्रसाद न्यौपाने, कोषाध्यक्ष सीता श्रेष्ठ, केन्द्रीय सदस्यहरु परशुराम गिरी, शिबहरी भट्टराई, भारत खतिवडा, जगत हमाल, निर्वतमान कोषाध्यक्ष राजु पाण्डे, कपिलबस्तु, जुम्ला, नुवाकोट जिल्ला कार्य समिति सहित ६९ जना रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण