किन्ने बहानामा ८३ लाख पर्ने सतुवा लुटेर भाग्ने समुह पक्राउ
बिहीबार, २१ माघ २०७२, १७ : ०५
काठमाडौं– ८३ लाखभन्दा बढी मूल्य पर्ने १२४३ किलो जडिबुटी सतुवा किन्ने बहानामा लुटेर भागेको भन्ने उजुरी भाग्ने समुहलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, बाह्रविसे गाविस वडा नं७ का पृथ्वि भन्ने तिर्थ बहादुर तामाङ्ग, बाह्रविसे गाविसवडा नं।५ का नोर्वु पासाङ्ग लामा, कर्थली गाविस वडा नं।१ का साङ्गेल शेर्पा र बाह्रविसे गाविस वडा नं५ का दिल बहादुर रुम्बा रहेका छन् । सतुवा किन्ने बहानामा गरेर लुटेर भागेको भन्ने उजुरी प्रहरीसम्म पुगेपछि महानगरिय अपराध महाशाखाले उनीहरुलाई काठमाडौंको बानेश्वर र काभ्रेको बनेपाबाट पक्राउ गरेको हो ।
प्रहरीले अभियुक्तहरुले लुटेको सतुवा समेत काठमाडौंको काँगेश्वरी स्थित गोठाटारमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको जनाएको छ । उक्त लुटिएको सतुवाको बजार मूल्य हाल लगभग ८३,२८,१०० रहेको प्रहरी भनाई छ ।
प्रहरीले पक्राउ परेका अभियुक्तहरुलाई बरामद गरेको सतुवा सहित जवरजस्ती चोरी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर टेकु पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण