नाकाबन्दीलाई ‘काउन्टर’ दिने सफा ट्याम्पो लोडसेडिङले थलियो
काठमाडौं – कुनै बेला भारतले लगाएको अघोषित नाकाबन्दीलाई ‘काउन्टर’ दिने सफा टम्पो लोडसेडिङको कारणले धरासायी हुने अवस्थामा पुगेको छ । दैनिक १३ घण्टासम्म हुने लोडसेडिङका कारण सफा टम्पो राम्रोसँग चार्ज हुनै पाउँदैन । त्यही भएर आजभोली सडकमा सफा टम्पो फट्फुट्ट मात्रै देखिन थालेका छन् । यसले यात्रुहरुलाई असर गरेको छ नै त्योभन्दा बढी मार टम्पो चलाएर दैनिकी धान्नेहरुमा बढी परेको छ । अहिले केही चालक विदेश पलायन हुने सोचमा पुगेका छन् भने अरु आम्दानीको नयाँ विकल्प खोज्न थालेका छन् । धादिङकी टम्पो चालक सुन्तली तमाङ भन्छिन्, ‘भारतले गरेको नाकाबन्दीमा विद्युत कम कटौटी भएकाले केही समस्या थिएन । तर अहिले लोडसेडिङले गर्दा धेरै समस्या भएको छ ।’ नाकाबन्दीभन्दा अघिसम्म महिनामा आठदेखि दश हजार सुन्तलीलाई आजभोली घर खर्च र कोठामा भाडा तिर्न हम्मेहम्मे पर्छ । ‘नाकाबन्दी अघिसम्म दिनमा आठदेखि १० ट्रिप हुन्थ्यो तर आजभोली ब्याट्रीमा चार्ज नभएकाले प्रायः दैनिक दुई–तीन टिप मात्रै पुग्छ । त्यो पनि मुस्किलले हुने उनले बताए । उनका दुई छोरी र एक छोरा छन् । अर्का टेम्पो चालक खोटाङका कान्छाराम राई पिडा उस्तै छ । ‘लोडसेडिङले गर्दा राम्रोसँग दिनभरी टम्पो चलाउन पाएको छैन, दिनभरी हल्लेर बस्नुको विकल्प छैन । अब विदेश जानुको विकल्प छैन । यो महिना त कोठा भाडा समेत ऋण गरेर तिरेको छु,’ राई भन्छन्, ‘के गर्नु सरकारले हामी जस्ता दिनभरी काम गरेर बेलुका खानेलाई कहिले पो हेर्छ र ?’ लोडसेडिङको विकल्प सरकारले नसोचे आफूजस्ता धेरै मजदुरको रोजीरोटी खोसिने उनले बताए । अहिले काठमाडौंमा अहिले ७ सय १४ वटा सफा टेम्पोहरु गुडिरहेका छन् । जसले धेरैलाई रोजगारी दिइरहेको छ । नेपाल सफा परिवाहन व्यवसायी संघ एवं विद्युतीय परिवाहन व्यवसायी संघका अध्यक्ष हुमप्रसाद पोखरेल भन्छन्, ‘सरकारले विद्युतीय परिवहानहरुलाई प्रोत्साहान गर्ने भनेको छ भने अर्कोतिर लोडसेडिङ बढाएको बढाएकै छ ।’ सरकारल समयमै ध्यान नदिए सफा टम्पोहरुका ब्यावसायीहरु टाठ पर्ने अबस्थामा रहेको र मजदुर गर्ने समेत पलायन हुनु पर्ने अबस्था आउने उनले बताए । सफा टेम्पो वि.सं. २०५१ सालदेखि काठमाडौंमा चल्न थालेका हुन् । नेपाल सरकारले वि.सं. २०६२ सालदेखि इलेक्ट्रिक टेम्पोको नयाँ दर्तामा रोक लगाए पनि नाकाबन्दीसँगै सरकारले इलेक्ट्रिक टेम्पोको पुनः दर्ता सुरु गरेको अध्यक्ष पोखरेल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण