कालोबजारी संस्थागत भएको भन्दै क्रान्तिकारीद्वारा निगम घेराउ
काठमाडौँ - इन्धन आयात सहज नभएको तथा कालोबजारी संस्थागत भएको भन्दै एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)सहितका विद्यार्थी सङ्गठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म एमाओवादी, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा माओवादीसँग सम्बन्धित विद्यार्थी सङ्गठनले निगम घेराउ गरेका हुन् । उनीहरुले इन्धन वितरण पारदर्शी हुनुपर्ने, हालसम्म राजधानी भित्रिएको इन्धनको सत्यतथ्य जानकारी सार्वजनिक गर्नुपर्ने, रिरुट गरेर ल्याइएको खाना पकाउने ग्यास कहाँ कहाँ के कति मात्रामा वितरण गरियो सोको समेत जानकारी सार्वजनिक रुपमा गराउनुपर्ने माग गरेका छन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष रमेश मल्लले इन्धन अभावमा मुलुकको जनजीवन नराम्ररी प्रभावित भइरहेको बेला सरोकारवाला निकाय कानमा तेल हालेर बसेको भन्दै झकझक्याउनका लागि आफूहरुले प्रदर्शन गरेको जानकारी दिनुभयो । इन्धन आपूर्ति सहज बनाउने विषयमा तीनवटै विद्यार्थी सङ्गठनले बुधबार आपूर्ति मन्त्री गणेशमान पुनलाई ज्ञापनपत्र बुझाएका थिए भने इन्धनको मूल्य समायोजन भए पनि सार्वजनिक सवारी साधनको भाडा नघटेकोमा यसअघि यातायात व्यवस्था विभागलाई समेत ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण