असी लाख पाठ्यपुस्तक छाप्न बाँकी
काठमाडौँ– आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्नेमध्ये कक्षा ६ देखि १० सम्ममा ८० लाख थान पाठ्यपुस्तक अझै छाप्न बाँकी रहेको छ ।
सो तहका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म ६२ लाख थान मुद्रण गरेको छ । केन्द्रसँग २० लाख थान पाठ्यपुस्तक सञ्चित छ । नयाँ शैक्षिक सत्र वैशाखमा प्रारम्भ हुन्छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारको तत्कालीन सुधारको कार्यक्रममा शैक्षिक सत्रको दुई साताभित्र विद्यार्थीको हातमा पुस्तक पु¥याउने उल्लेख भएअनुसार काम भइरहेको बताए ।
सो कार्यक्रमको प्रगति विवरण माग्दै मुख्यसचिव डा सोमलाल सुवेदीले मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई केही दिनअघि निर्देशन दिनुभएपछि मन्त्रालयले केन्द्रलाई समयमा काम सक्न दबाब दिएको छ ।
कर्णाली अञ्चल र हिमाली जिल्लामा भने फागुनको पहिलो सातादेखि नै शैक्षिक सत्र सुरु हुने भएकाले सो समयमा पुस्तक पुग्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण