इटहरीमा भीषण आगलागी
इटहरी– इटहरी महानगरपालिका–१ को मुख्य चोकमा रहेको आठ तले व्यापारिक भवनमा आज विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, सुविधा गेस्ट हाउसलगायतका ठूलो व्यापारिक भवनहरु जलेर नष्ट हुँदा अरबौँ रुपियाँको नोक्सानी भएको छ ।
बेलुका ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने प्रयोग जारी रहेको छ । आगोको मुस्लो र धुँवा नियन्त्रण बाहिर छ । आज बिहीबार इटहरीका बजार बन्द हुने भएकाले मानवीय क्षति भने भएको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीले आसपासमा आगो फैलन नदिन नजिकका घरका सिसा फुटाइरहेका छन् । आसपासका पसलबाट लत्ताकपडा अन्तै सार्ने काम भइरहेको छ । सो क्षेत्रमा हजारौँको सङ्ख्यामा सर्वसाधारणको भीड रहेको छ ।
सो आसपासमा चल्ने सवारीका साधनलाई रोक लगाइएको छ । आगलागी जारी रहेकोले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण