एसएलसी सकिएलगत्तै विद्यार्थीलाई परिचयपत्र वितरण गरिने
भक्तपुर– परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ ।
एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो ।
यसबारे जानकारी दिँदै परीक्षा नियन्त्रक खगेन्द्र नेपालले भने˗ “एसएलसीको नतिजा सार्वजनिक हुँदा परीक्षार्थीको विवरण गल्ती आउने हुँदा विद्यार्थीलाई सच्याउन धेरै दिन लाग्ने र दुःख हुने भएकाले यसपटक त्यस्तो गल्ती कम गर्न परीक्षा सकिएको दिन परीक्षार्थीले परीक्षा फाराममा लेखेको विवरण उल्लेख गरी परिचयपत्र वितरण गर्ने भएका छौँ ।”
यसरी परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेश पत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले गल्ती भएको विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनसक्ने उनको भनाइ थियो ।
यसले परीक्षाफल सार्वजनिक गर्दा परीक्षार्थीको विवरणमा हुने गल्ती निकै कम हुने उनले दाबी गरे । यस वर्ष लेटर गे्रडिङ प्रणालीमा परीक्षाफल सार्वजनिक गर्ने भएकाले परीक्षाफल सार्वजनिक हुनअघि कुनै गल्ती नहोस् भनेर यस्तो व्यवस्था गर्न लागेको हो ।
यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरेको उनले जानकारी दिए । जसमध्ये सबभन्दा धेरै काठमाडौँमा ९५ केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक केन्द्र निर्धारण गरिएको छ ।
आगामी चैत १८ गतेबाट सुरु हुने एसएलसी परीक्षामा यस वर्ष देशभरबाट छ लाखभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक नेपालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण