जाजरकोट–डोल्पा सडक खण्डको काम तीव्र
डोल्पा–राष्ट्रिय राजमार्गले अहिलेसम्म पनि छुन नसकेको डोल्पामा सरकारले तय गरेको लक्ष्य अनुरुप दुई वर्षभित्रै सडकको पँहुच विस्तार गर्न युद्धस्तरमा काम भइरहेको छ ।
जाजरकोट–डोल्पा सडक खण्डको १०८ किमीमध्ये १०० किमी सडक खण्डको निर्माण भइसकेको र बाँकी १८ किमी सडक निर्माणका लागि अहोरात्र काम भइरहेको कार्यदलका प्रमुख नेपाली सेनाका महासेनानी विश्वबन्धु पहाडीले बताए ।
सडक खण्डको बाँकी रहेको १८ किमी सडक चट्टानै चट्टान भएकाले निर्माण गर्न धेरै चुनौती छ । नाकाबन्दीले इन्धनको समस्या भए पनि सडक निर्माण भने नरोकिएको उनले बताए ।
जाजरकोटे र डोल्पालीको समस्यालाई ध्यानमा राख्दै बीच बीचमा जिप सेवा सञ्चालन समेत गरिएको उनको भनाइ छ । दुई महिनाभित्रै रुकुमको गोतामकोटदेखि रुकुमकै मन्का बगरसम्म आन्तरिक जिप सेवा सञ्चालन गरिने बताइएको छ ।
आन्तरिक रुपमा सञ्चालन गरिएको जिप सेवाले दैनिक उपभोग्य वस्तुको उपलब्धतामा केही सहज भएको र जिल्ला बाहिर जानलाई पनि दूरी कम भएको सर्वसाधारणले बताए । चालु आवमा सरकारले डोल्पा–जाजरकोट मोटरबाटो विस्तारका लागि रु १५ करोड विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण