जुत्ता किन्न भन्दै केजरीवाललाई व्यापारीले पठाए ३ सय ६४ रुपैयाँ
नयाँ दिल्ली – नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई विशाखापटनमका एक व्यापारीले जुत्ता किन्नका लागि भन्दै ३ सय ६४ रुपैयाँ पठाएका छन् । सुमित अग्रवाल नाम गरेका ति व्यापारीले डिमान्ड ड्राफ्ट पठाउँदै केजरीवालका लागि खुला पत्र समेत लेखेका छन् । गत जनवारी २६ मा राष्ट्रपति भवनमा फ्रान्सका राष्ट्रपति फ्रान्सिस्को ओलान्दलाई भेट्दा केजरीवाल स्यान्डल लगाएर पुगेका थिए । के भन्छन् सुमित ? सुमितका अनुसार रामलिाल मैदान वा जन्तर–मन्तरमा आम आदमी पार्टीको र्यालीमा सहभागी नभएर राष्ट्रपति भवनामा देशलाई प्रतिनिधित्व गरिरहेका थिए । ‘यो पब्लिसिटी सटन्ट होइन र ?’ उनले प्रश्न गरेका छन् । दिल्लीको मुख्यमन्त्रीको तलब २ लाख छ तै पनि उनी किन चप्पल लगाएर पुग्छन् । त्यो कुनै साथीको जन्मदिनको पार्टी थिएन राष्ट्रपति भवनमा डिनर थियो ।
उनले ‘धेरै मिहिनेत’ पछि ३ सय ६४ रुपैयाँ जुटाएको भन्दै आफ्नो यो सानो भेट स्वीकार गर्न केजरीवाललाई आग्रह गरेका छन् र उनलाई राम्रो फर्मल जुत्ता किन्न भनेका छन् । सुमितले अझै पैसा चाहिए आफूले खोजेर पठाउने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण