रातोपाटी समाचार प्रभाव : नियम विपरित राहतबाट उठाइएको रकम पीडितलाइ नै फिर्ता गर्ने निर्णय
काठमाडौं– सिन्धुली जिल्लामा कार्ड शुल्क भन्दै सरकारले दिएको राहतमा नियम विपरित २ सय कट्टा गरी रकम वितरण भएको समाचार सार्वजनिक भएपछी अन्ततः उक्त रकम पीडितलाई नै फिर्ता गरिने भएको छ । यसबारे राटोपाटीले उक्त कार्य नियम विपरित भएको भन्ने कर विज्ञको राय सहितको समाचार सम्प्रेषण गरेको थियो । समाचार सार्वजनिक भएपछी जिल्लामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट उठाइएको रकम फिर्ता गर्ने निर्णय भएको एमाओवादीका प्रतिनीधि तथा जिल्ला सदस्य गम्भीरसिंह तामाङले बताए । उनका अनुसार विभिन्न बहानामा कट्टी गरिएको रकम सबन्धित पीडितलाइ नै फिर्ता गर्ने निर्णय भएको छ । ‘छानविन गर्दा रकम उठाइएको प्रमाणित भयो । त्यसैले उक्त रकम सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्न सब्नाधित गाविस सचिवलाइ निर्देशन दिईसकिएको छ ।’ तामाङले भने । गाविस सचिव विष्णु भण्डारी र रेडक्रस उपशाखाका सभापतिले न्यानो कपडाको रकम वितरण गर्दा पाँच सय रुपैयाँका दरले पिडितहरुबाट एक लाख १७ हजार रुपैयाँ असुल गरेको पाइएपछि उक्त रकम फिर्ता गरिने भएको हो । यता अस्थायी टहरो निर्माणका लागि वितरण गरिएको १५ हजार रुपैयाँमा पनि प्रति परिवार एक हजार रुपैयाँका दरले रकम कटाएर दिइएको उजुरी परेको र त्यसको अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राटोपाटीले सम्प्रेषण गरेको समाचार यस्तो थियो :
भुकम्प पीडितको राहतमा घोटालाः कार्ड शुल्क भन्दै रु २०० उठाइयो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण