आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्लेनमा नै सोनु निगमको कन्सर्ट गराउने पाँच एयरहोस्टेस निलम्बित

शुक्रबार, २२ माघ २०७२, १० : २९
शुक्रबार, २२ माघ २०७२

नयाँ दिल्ली – उडिरहेको जहाजमा गायक सोनु निगमलाई गीत गाउन लगाउने जेट एयरवेजका पाँच एयरहोस्टेसलाई निलम्बित गरिएको छ । उनीहरुले सोनुलाई प्लेनको एनाउन्समेन्ट सिस्टम दिएर उडिरहेको विमानमा गीत गाउन दिएका थिए । उक्त भिडियो भाइरल बनेपछि एयरहोस्टेसहरुलाई कम्पनीले निलम्बित गरेको हो । यो घटना जनवरी ४ गतेको हो । जेट एयरवेजको विमान जोधपुरबाट मुम्बाई आइरहेको थियो । मिडिया रिपोर्टका अनुसार प्लेनमा सोनु निगम पनि सवार थिए । जब एयरहोस्टस र विमानमा यात्रा गरिरहेका यात्रुहरुले सोनुलाई गीत गाउन आग्रह गरे, उनलाई विमानको एनाउन्समेन्ट सिस्टम दिइयो र उनले चलचित्र रेफ्युजी र विरजाराको गीत गाए । तर, डाइरेक्टर जनरल अफ सिभिल एभियेसनले भने प्लेनको एनाउन्समेन्ट सिस्टममा गीत गाउन दिनुलाई सिस्टमको गलत प्रयोग भएको ठहर गर्यो । यतिमात्र होइन, उक्त घटनाले प्लेन अवतरणमा पनि समस्या भएको भनिएको छ । त्यसपछि पाँचै एयरहोस्टेसलाई निलम्बन गर्दै एयरलाइन्सले घटनाको जाँच गर्न आदेश दिएको छ । जेट एयरवेजले आगामी दिनमा यस्तो घटना हुन नदिने बताएको छ । जाँच अवधिभर निलम्बित स्टाफ काममा फर्कन पाउनेछैनन् । यस्तो घटना भारतमा पहिलो पटक भएको भने होइन । दुई वर्षअघि होलीका दिन उडिरहेको प्लेनमा नै बिमानका स्टाफहरुले बिलम पिचकारी गीतमा नृत्य गरेका थिए । जसमा पनि ठूलो हंगामा मच्चिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप