स्कुटीमा ल्याउँदै गरेको बाह्र किलो चरेससहित दुई पक्राउ
शुक्रबार, २२ माघ २०७२, १० : ५२
कञ्चनपुर - सुदूरपश्चिम प्रहरीको विशेष अनुसन्धान टोलीले कैलालीको अत्तरिया नगरपालिका–४ बाट गएराति १२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा से३प ३३५८ नंको स्कुटीमा सेतो बोरामा कपासमा बेरेर चरेस ल्याउँदै गर्दा बझाङ लेकगाउँका भीम धामी र दहबगरका प्रेम धामीलाई चरेससहित पक्राउ गरेको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताए । भारतीय व्यापारीसँग चरेस बेच्नका लागि ल्याउँदै गर्दा पक्राउ गरिएको दुवैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण