बेल्जियममा 'बालिका शान्ति दुत' तेरिया मगर
बेल्जियम - विश्व मगर संघ, बेल्जियमको निमन्त्रणामा आफ्नो विलक्षण नृत्यकला प्रस्तुत गर्न पहिलोपटक बेल्जियममा पुगेकी जी टिभीबाट आयोजित डान्स इन्डिया डान्स लिटिल मास्टर २०१४ को विजेता तथा लुम्बिनी(कपिलवस्तु दिवस विश्व अभियानकी 'बालिका शान्ति दुत' तेरिया फौजा मगरलाई हार्दिक स्वागत गरिएको छ । संघले गत शनिवार ३० जनवरी २०१५ का दिन लुभेनको ओन्स हाउसमा आयोजना गरेको माघे संक्रान्ति विशेष सांगीतिक कार्यक्रमको अवसरमा उक्त कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित लुम्बिनी(कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले रातो खादा ओढाएर तेरियालाई स्वागत गरे । अभियानले तेरियालाई बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउन सहयोग पुर्याउने विश्वासका साथ 'बालिका शान्ति दुत' चयन गरेको हो । कार्यक्रमका अवसरमा तेरियाले विश्व मगर संघ,बेल्जियमको अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति मार्के मगरलाई मायाको चिनोस्वरुप करिव १ फुट उचाईको सुनौलो रंगको भगवान बुद्धको मुर्ति उपहार दिएकी थिइन् । विश्व मगर संघ, बेल्जियमका अध्यक्ष मार्के मगर र लुभेन नगरपालिकाकि सामाजिक कार्य तथा विद्यार्थी विभाग प्रमुख बिके वेर्लिन्देनले संयुक्तरुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । संघले उक्त कार्यक्रमबाट उठेको रकमबाट पनि खर्च कटाएर रहेको बचत रकम गोरखाका भूकम्प पिडितहरुलाई सहयोग गर्ने जनाएको छ । कार्यक्रममा हिमालयन प्रोजेक्टका अध्यक्ष पाउल भान मोरतेलले गतसाल नेपालमा गएको महाभूकम्पपछि गरेको सहयोगको बारेमा प्रकाश पार्दै आगामी दिनमा पनि नेपाली समुदायसंग मिलेर कार्य गर्ने बताए । संघले वर्षेनी माघे संक्रान्ति कार्यक्रम गरेता पनि तेरियाको आगमनका कारण यस पटक अन्य छिमेकी देशहरुबाट समेत नेपालीहरुको कार्यक्रममा तेरियाले नेपाली र हिन्दी चर्चित गीतहरुमा गरेका नृत्यहरुबाट दर्शकहरु रमाएका थिए । तेरियाको साथमा अमेरिकामा बसोबास गर्ने लोक गायक गायक सुमन बुढामगर र नेपालकी लोक गायिका लाली बुढाथोकीलगायत अन्य स्थानीय कलाकारले पनि गीत संगीत प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरंजन दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण