नकारात्मक टिप्पणीपछि ट्वीटर छाड्ने सोचमा शाहरुख
मुम्बाई – सामाजिक सञ्जालमा नकारात्मक कुराहरु बढिरहेको भन्दै बलिउड अभिनेता शाहरुख खानले समाजिक सञ्जालबाट दुरि बनाएको बताएका छन् । उनले आफ्ना फ्यानहरुलाई समाजिक सञ्जालमा गाली नगर्न र कसेको खिल्ली नउडाउन आग्रह गरेका छन् । केही दिनअघि लाइभ भिडियो मार्फत उनले सो कुरा बताएका हुन् शाहरुखलाई ‘तपाईं किन आज भोली कि ट्वीटरमा सक्रिय हुनुहुँदैन’ भनेर प्रश्न गरिएको थियो । जवाफमा शाहरुखले यसका प्रयोगकर्ताको ‘मुर्खहरुको जस्तै व्यवहार’ का कारण आफू ट्वीटर छाडन्े सोच बनाएको बताए । ‘म ट्वीटरमा किन नआएको भने मलाई कसैले गाली गरेको वा केही नकारात्मक भनेको मन पर्दैन । मैले फोन खोल्ने बित्तिकै यस्ता नकारात्मक कुराहरु पढ्न चाहँदिन,’ उनले भने । शाहरुखले सामाजिक सञ्जालमा गालीगलौच नगर्न र कसैको बारेमा खराब कुरा नगर्न आग्रह गरे । ट्वीटरमा शाहरुखको १ करोड ७७ लाख फलोअर्स रहेका छन् । भारतमा उनीभन्दा अमिताभ बच्चनमात्र अघि छन् जसको १ करोड ९१ लाख फलोअर्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण