राष्ट्रिय भण्डा चिनाउन जनयुद्धको उद्गम स्थल रोल्पामा झण्डा बाजे
लिबाङ – जुनसुकै देशको झण्डा त्यस देशको पहिचान हो । नेपालीहरूबाटै झण्डाको अर्थ, महत्व नबुझ्दा नेपालको राष्ट्रियता संकटमा परेको भन्दै करिव ४ वर्षदेखि काठमाण्डौको बसन्तपुरमा नेपाली झण्डा देखाउँदै र झण्डाको बारेमा बुझाउँदै आएका लक्ष्मी नारायण सिल्पकार अहिले सोही अभियानमा रोल्पा आइपुगेका छन् । बसन्तपुरमा नेपाली तथा विदेशी नागरिकहरूलाई चन्द्र र सूर्य अंकित झण्डाको बारेमा बयान गर्दा धेरै नेपाली चिनेको उनी दाबी गर्दछन् । बसन्तपुरमा मात्रै झण्डा राखेर बस्दा जो जानकारी पाउनु पर्ने मेची, काली, हिमाल पहाड तराईका जनताहरूले कम जानकारी पाउने भएकोले सिल्पकारले मंसिरदेखि शुरुवात गरेका हुन् । माघ १९ गते रोल्पा टुडिखेलमा ओर्लेपछि उनलाई धेरै रोल्पालीहरू अचम्म परेका थिए । उनी बसबाट ओर्लेपछि राष्ट्रिय झण्डा बोकेर पहराउँदै हिँडेपछि टुडिखेलमा जम्मा भएका रोल्पालीहरु पछि पछि लागेका थिए । रोल्पालीका माझमा भने, “नयाँ नेपाल निर्माण गर्ने सपना देखेर धेरै रोल्पालीहरूले बलिदान गरेका थिए, त्यसैले म रोल्पामा आएको हुँ, जनयुद्धको उद्गम स्थलबाट हाम्रो झण्डा देखाउनु पर्दछ त्यसैले म रोल्पा आएको हुँ, रोल्पाली बलिदानी आत्मप्रति सम्मान श्रद्धाञ्जली व्यक्त गर्दछु । ” भक्तपुरमा जन्मिनुभएका ६० वर्षीय सिल्पकारले बालकहरुले नेपालको झण्डाको परिचय पाएका तर देशका सञ्चालकहरुले झण्डाको अर्थ, महत्व र एकताको प्रतिक हो भन्ने बुझाइमा केही कमी आएकोले नेपालको राष्ट्रियता संकट परेको बताए । उनले नेपालको आन्तरिक मामिला पनि सबै विदेशीको इसराबाट चलेकोले गर्दा नेपाली पन हराएको बताए । पर्वबाट यात्रा शुरु गरेका सिल्पकार रोल्पा २९ औ जिल्ला हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण