आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

खुल्यो वीरगञ्ज : पुनः नाका बन्द गर्न पुगेका तमलोपा महामन्त्री सोनललाई स्थानीयले रोके, भारतबाट गाडी भित्रन थाल्यो

शुक्रबार, २२ माघ २०७२, १२ : ३१
शुक्रबार, २२ माघ २०७२
वीरगञ्ज – वीरगञ्जमा रहेको नेपाल–भारत मितेरी पुलमा रहेको आन्दोलनकारीको टेन्ट र ढाट स्थानीयहरुले हटाएपछि नाका पुनः बन्द गर्न पुगेका तमलोपा महामन्त्री जितेन्द्र सोनल लगायत कार्यकर्ताहरु असफल भएका छन् । सोनलसहित ५०–६० जनाको हाराहारीमा पुगेका सोनल लगायत मोर्चाका कार्यकर्ताहरुलाई लगभग १ सय ५० को संख्यामा रहेका स्थानीय व्यापारीहरुले नाराबाजी गर्दै रोकेका थिए । दुवै पक्षबीच केही बेर तनाव भएपनि कुनै अप्रिय घटनाहरु घट्न पाएन । अहिले भारतबाट नेपालतर्फ गाडीको आवगमन शुरु भएको छ । पहिलो लटमा नयाँ गाडीहरु भित्रिका थिए भने अहिले कन्टेन्टर ट्रकहरु भित्रिरहेका छन् । शुक्रबार बिहान आन्दोलनकारीहरु टेन्टमा नरहेकाले स्थानीय व्यापारीहरुले आफै गएर टेन्ट हटाउन शुरु गरेका थिए । गत असोज ७ गतेदेखि बन्द नाका १ सय ३५ दिनपछि खुलेको हो । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुलमा सुरक्षा दिइरहेका छन् । शुक्रबार बिहान मात्र यस नाकाबाट १० वटा नयाँ ट्राक्टर र १–१ वटा ट्रक र टिपर नेपाल भित्रिएका थिए । आन्दोलनरत मेधसी मोर्चाले समेत आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताइरहँदा वीरगञ्जमा मोर्चाको धर्ना पनि खुकुलो बन्दै गएको हो । मधेस आन्दोलन शुरु भएदेखि लामो समय ठप्प रहेको वीरगञ्ज रक्सौल नाकामा पछिल्लो समय आन्दोलनकारीको न्युन उपस्थिति रहँदै आएको छ । जसले गर्दा नाकाबाट फाट्टफुट्ट रुपमा सवारी भित्रिन थालेका छन् । केही समयअघि धर्ना दिने आन्दोलनकारी नहुँदा १ सय २९ दिनपछि दुई घण्टाका लागि नाका खुलेको थियो । पहिलो पटक उक्त नाकाबाट नेपालतर्फ गाडी भित्रिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप