बाटोमा भेटिएको मरेको कुखुरा खाँदा बालिकाको मृत्यु, आमा–छोरा सिकिस्त
भीमदत्तनगर - कञ्चनपुर जिल्लामा मरेको कुखुरा खाँदा छ वर्षीया बालिकाको आज मृत्यु भएको छ । मरेको कुखुरा खाँदा झलारी–पिपलाडी नगरपालिका–११ दीपनगरका छ वर्षीया गोलमा विकको मृत्यु भएको हो । विककी आमा ३५ वर्षीया नन्दा र दाजु आठ वर्षीय निलम सिकिस्त छन् । दुबैजनाको झलारीस्थित ‘न्यू झलारी क्लिनिक’मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिए । बुधबार साँझ विक परिवारले बाटोमा भेटिएको मरेको कुखुरा पकाएर खाँदा उनीहरु विरामी परेका थिए । गोलमाको आज घरमै मृत्यु भएपछि उनकी आमा र दाजुलाई उपचारका लागि झलारीस्थित क्लिनिकमा पु¥याइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रावलले बताए । मरेको कुखुरा खाएपछि तीनजनालाई पखाला लागे पनि घरमै सामान्य उपचार गर्दै आएका थिए । बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाउने तयारी गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण