आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

भारत र चीन दुवैको भ्रमण गर्छु : प्रधानमन्त्री

शुक्रबार, २२ माघ २०७२, १४ : ४१
शुक्रबार, २२ माघ २०७२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दुवै छिमेकी राष्ट्रको भ्रमण गर्ने बताएका छन् । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले एक महिनाभित्र एउटा छिमेकी र अर्को महिनाभित्र अर्को छिमेकी मुलुकको भ्रमण गर्ने योजना सुनाएका हुन् ।

ओलीले भने,‘आफूले छिट्टै छिमेकी देशहरुको भ्रमण गर्ने दुबै भ्रमणहरु अर्थपूर्ण र महत्वपूर्ण रहन्छ ।

प्रधानमन्त्री ओलीले आफूलाई उखान र टुक्कामात्र खप्पिस रहेको भनेर आलोचना गर्दा निकै दुखित तुल्याएको बताउँदै आफूले प्रस्तुत गरेका योजनाहरु पूरा देखाइने प्रतिबद्धता व्यक्त गरे । एक वर्षभित्र मेट्रो रेल, हावाबाट चल्ने विजुली, ग्यासको पाइपलाइनलगायत विभिन्न महत्वकांक्षी योजना प्रस्तुत गरेका कारण प्रम ओलीको निकै आलोचना हुने गरेको छ । प्रम ओलीले आफ्नो आलोचना नगर्न पनि आग्रह गरे ।  आफूले बोलेका कुराप्रति आफू जवाफदेही भएको बताउँदै प्रधानमन्त्री ओलीले भने,“अहिले मात्र हैन, १०/२० वर्षअघि भनेको कुराको पनि म जवाफदेहिता लिन र जिम्मेवारी लिन तयार छु ।” ‘म बालुवाटारबाट बाहिर निस्किँदा अहिले सोधिराख्ने प्रश्नहरुको ओइरोको अन्त्य हुन्छ । त्यतिबेला प्रधानमन्त्रीको रुपमा मैले के गरें भन्ने प्रश्न गर्ने ठाउँ नै बाँकी हुँदैन,’ उनले भने । प्रम ओलीले लामो समय पुनर्निर्माण प्राधिकरणमा नभएको काम आफू प्रधानमन्त्री भएपछि शुरु भएको बताउँदै केही वर्षभित्रमा भूकम्पपीडित वस्तीको पुनर्निर्माणको काम सम्पन्न गरिने बताए । “अहिले प्राविधरकण बनेर पुनःनिर्माणको महाअभियान सुरु गरिसकेका छाँै, फागुन १२ देखि अभियान सुरु गरी चैत १२ मा केही र वैशाख १२ गतेदेखि पाँचवर्षीय पुरातात्विक सम्पदाको निर्माण अघि बढ्छाँै, ” उनले भने ।

उनले चौतारी सदा पेसागत मर्यादा कायम राखी आकर्षणको केन्द्र बन्नुपर्नेमा जोड दिदै जायज र सम्भव हुने पत्रकारितासम्बन्धी माग सरकारले पूरा गर्ने आश्वासन दिए । सो अवसरमा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराइैले पार्टी सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको र श्रमजीवी पत्रकाको हकहितमा लड्दै आएको बताउनुभयो । उनले मुलुक गम्भीर परिस्थितिबाट अगाडि बढिरहेको अवस्थामा पार्टीका अध्यक्षकै नेतृत्वमा वर्तमान सरकार अघि बढिरहेकाले मुलुकमा राष्ट्रिय एकता प्रवद्र्धन गर्न एमाले र सररकारको कार्यभार रहेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सन् २०१५ मा १३६ प्रृस स्वतन्त्रता हननका घटना भएको बताउँदै तराईको पछिल्लो आन्दोलनमा मात्र ११४ घटना भएको जानकारी दिनुभयो । चौतारीका अध्यक्ष राजेन्द्र अर्याल र महासचिव माधव नेपालले संविधानको प्रचारमा अगुवाइ, मर्यादित र विश्वासिलो पत्रकारिता, तालिम र पुनःनिर्माणमा अभियान सञ्चालन गर्नाका साथै चौतारीको एउटा केन्द्रीय भवन बनाउने समेत योजना रहेको बताए ।

चौतारी नेपालले गरेको १८ औं स्थापना दिवसको अबसरमा विभिन्न ५ जना पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । नेपाल पत्रकार महासंघका पुर्बअध्यक्ष शिब गााउलेलाई ह्दयचन्द्र प्रधान स्मुति पत्रकारीता पुरस्कार प्रदान गरेको छ । माकबानपुरका पत्रकार देबराज रिमाललाई अग्निशिखा स्मुति पत्रकारीता पुरस्कार प्रदान गरेको छ । सिराहाका पत्रकार दिलिपकुमार सिंहलाई वीरेन्द्र शाह क्रियाशिल युवा पत्रकारीता पुरस्कार प्रदान गरेको छ । दैलेखका पत्रकार यज्ञराज थापा र अछापका पत्रकार विद्युतमा आउजीलाई डेकेन्द्र थापा स्मृती पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप