स्थानीय निर्वाचन नहुँदा काँग्रेसमा आकांक्षीको ओइरो
कालिकोट – पद थोरै आकांक्षी धेरै हुँदा नेपाली कांग्रेसको अधिवेशनमा नेता तथा कार्यकर्तालाई व्यवस्थापनमा निकै चुनौती आएको छ । स्थानिय निकायको निर्वाचन नहुँदा नेता कार्यकर्तालाई व्यवस्थापन गर्न चुनौति देखिएको हो । जिल्ला कार्य समितिको सभापतीको एक पदका लागि १२ जना भन्दा बढी आकांक्षी रहेको पार्टी स्रोतले बताएको छ । २०४७ साल देखि विद्यार्थी राजनीती गर्दै आएका कालिकोटका मोतिराज बम हाल जिल्ला कार्य समिती सदस्यमा छन् । समयमा सरकारले स्थानिय निकायको निर्वाचन गर्ला र आफु कुनै न कुनै ठाउँमा व्यवस्थापन होला भन्ने उनको मनमा आशा थियो । तर लामो समय देखि स्थानिय निकायको निर्वाच नहुँदा र पार्टी भित्रकै भातृ संघ संगठनको समेत निर्वाचन नहुँदा पार्टी अस्तव्यस्त भएको उनको भनाई छ । उनले भने, “आफ्नो भन्दा एक पुस्ता अघि राजनीती गर्न व्यक्ति भन्दा पनि आफु भन्दा तलका तेस्रो पुस्ता पदीय आकांक्षी पार्टीमा धेरै हुँदा व्यवस्थापनमा निकै समस्या उत्पन्न भएको छ ।” अहिले सुशील कोइराला र शेरबहादुर देउवा प्यानलका नेतृत्व गर्ने नेतालाई कार्यकर्ताको चित्त बुझाउन हम्मे हम्मे परेको छ । कतिपय कार्यकर्तालाई आगामी हुने स्थानिय निकायमा फलानो–फलानो पद मिलाउँला भन्दै आश्वासन दिँदै आएका छन् । स्थानिय निकायको निर्वाचन नहुँदा कुन नेता कस्तो छ भन्ने मुल्यांकन गर्न समेत कांग्रेसमा कठिनाई भएको छ । कांग्रेसको विधान धारा २१ को उपधारा ४ मा जिल्ला प्रतिनिधिले सिधै सभापति पदमा उम्मेद्वारी दिने व्यवस्था गरेकाले पनि सभापती पदमा धेरैको इच्छा भएको नेताहरुले बताए । को युवा को बृद्ध छुट्याउनै समस्या अवको अधिवेशनमा संस्थापन प्यानलबाट सचिव पदका आकांक्षी नगेन्द्र विष्ट स्थानीय निकायको निर्वाचन नहुँदा आफु भन्दा सिनियर नेता पनि थन्किने समस्या भएको सुनाए । उनले आफु युवा भए पनि को युवा को बृद जो कसैको पनि पदिय जिम्मेवारीबाट बञ्चित हुने समस्या आएको बताए । नेपाली कांग्रेस महासमिती सदस्य तथा संविधानसभा २०७० का प्रत्यासि उम्मेद्वार उम्मेद्वार भुपेन्द्रजंग शाहीले स्थानिय निकायको निर्वाचन नहुँदा नेता कार्यकर्तासंगै पार्टी नै अव्यवस्थित भएको सुनाए । उनले गाउँमा वा जिल्लामा को व्यक्ति कति लोकप्रिय छ, त्यसको मूल्याकंन गर्न नै समस्या रहेको बताए । स्थानिय निर्वाचन नहुँदा गाउँमा पार्टी भित्रै भागभन्डा हुँदा विकास नभई भ्रष्टाचार मौलाएको समेत नेता शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण