प्रेम जोडीको रक्षा गर्ने ‘लभ कमाण्डो’
नयाँ दिल्ली – विश्व २१ औं शताब्दीमा पुगिसक्दा पनि भारतमा अझै धर्म, जात र साम्प्रदायभन्दा बाहिर विवाह गर्न ठूलो चुनौती छ । धेरै परिवार यसको विरोधमा छन् । त्यही कारण धेरै प्रेमीहरुको प्रेमको दुःखद् अन्त्य हुने गरेको छ । यस्ता प्रेम जोडीहरुलाई सहयोग गर्नका लागि भारतको राजधानी नयाँ दिल्लीका केही व्यक्तिहरुले लभ कमाण्डो नाम गरेको संस्था शुरु गरेका छन् । उनीहरुले समाजको विरुद्ध गएर विवाह गर्ने प्रेम जोडीहरुलाई सहयोग गर्छन् र उनीहरुको रक्षा गर्छन् ।
यसका लागि उनीहरुले हेल्पलाइन नम्बर र वेभसाइट पनि तयार गरेका छन् जसबाट प्रेम जोडीहरुले मद्दत माग्न सक्छन् । तर, यदी कोही नाबालिग भए उनीहरुलाई सम्झाएर पठाउने पनि गरेका छन् । उनीहरुले भारतीय कानुनको उल्लंघन नगरी सहयोग गर्ने गरेका छन् । पछिल्ला ६ वर्षमा लभ कमाण्डोले ४० हजारभन्दा बढी जोडीहरुको मद्दत गरेका छन् । ‘प्रेम गर्न कुनै पाप होइन,’ यस समूहका संस्थापक मध्ये एक सञ्ज सचदेवा भन्छन् । १८ वर्षमा कुनै पनि युवा देशको प्रधानमन्त्री बन्न योग्य बन्न सक्छन् भने आफ्नो प्रेमी चुन्न किन सक्दैनन् भनेर उनी प्रश्न गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण