संविधानले कसैलाई पनि भेदभाव गरेको छैन : राज्यमन्त्री यादव
शुक्रबार, २२ माघ २०७२, १९ : ४४
नेपालगन्ज– खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले नेपालको संविधानले कसैलाई पनि भेदभाव नगरेको बताएका छन् ।
प्रेस चौतारी नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘नेपालको संविधान र प्रेस स्वतन्त्रताको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– “आफ्नो नीहित राजनीतिक स्वार्थका लागि संविधानका विरुद्धमा जनतामा भ्रम सिर्जना गर्नु अराजनीतिक संस्कार हो ।”
मधेसी जनतामाथि संविधानले कुनैखाले पनि विभेद गरेको छैन भन्दै राज्यमन्त्री यादवले अरुको उक्साहटमा नलाग्न मधेसी जनतालाई आग्रह गरे ।
त्यस अवसरमा नेकपा ९एमाले०का जिल्ला अध्यक्ष अशोक कोइराला, प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपति, पत्रकार नीरज गौतम, मोहम्मद हारुन, झलक गैरे, जनक नेपाल, सुरेन्द्र काफ्ले, ठाकुरसिंह थारु, अधिकारकर्मी, प्रकाश उपाध्याय, भोला महतले प्रेस स्वतन्त्रतामाथि कुनै पनि बहानामा बन्देज लगाउन नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण