राष्ट्रिय स्वाभिमान कायम राख्न आत्मनिर्भर हुनुपर्ने : महासचिव पोखरेल
विराटनगर– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रेस चौतारी नेपाललाई सञ्चारकर्मीका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा आयोजित कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका अवसरमा उनले सञ्चारकर्मीको जायज मुद्दाहरुलाई पूरा गराउनका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे ।
राम्रो संविधान बनाइए पनि जनतालाई संविधानमा उल्लेख गरिएका अधिकारको विषयमा जानकारी गराउन नसक्दा खासगरी मधेसमा भ्रम सिर्जना भएको उल्लेख गर्दै महासचिव पोखरेलले जनतालाई सुसूचित गराउनका लागि सञ्चारकर्मीलाई पनि भूमिका निर्वाह गर्न आग्रह गरे ।
संविधान निर्माणमा लागेका शक्तिबीचको एकता टुट्न नदिने उल्लेख गर्दै महासचिव पोखरेलले अप्ठ्यारो अवस्थामा सरकार बनेको र सरकार टिकीरहने स्पष्ट पारे ।
राष्ट्रिय स्वाभिमानलाई कायम राख्नका लागि आत्मनिर्भर हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै महासचिव पोखरेलले यसका लागि नीति, कार्यक्रम, योजना र आचरणमा आत्मनिर्भरता आवश्यक छ, भने ।
सोही अवसरमा उनले मोरङको पूर्वी क्षेत्र उर्लाबारीलाई कार्य क्षेत्र बनाई पत्रकारिता गरिरहेका मिलन के राउतलाई राशि रु १० हजार १११ को कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार प्रदान गरे ।
प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस चौतारीका संस्थापक उपाध्यक्ष यज्ञ शर्मा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश लम्साल, प्रेस चौतारीका केन्द्रीय सदस्यद्वय विक्रम लुइँटेल र लीलाराज भट्टराईलगायतले कृष्णप्रसाद सिग्देलको जीवनीमाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण