आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सहारा एकेडेमी अक्षयकोषको लागि १३ लाख सहयोग

शनिबार, २३ माघ २०७२, ०६ : ४९
शनिबार, २३ माघ २०७२

पोखरा  - सहारा एकेडेमीलाई दिगो रुपमा संचालनको लागि स्थापना भएको सहारा एकेडेमी अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ । पोखरामा हालै सम्पन्न भएको १४ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७२ को अवसरमा विभिन्न दाताहरुले १३ लाख रुपैयाँ अक्षयकोषको लागि आर्थिक सहयोग गरेका छन । क्लबका सल्लाहकार एवम् एन्फा केन्द्रिय उपमहासचिब गणेश बहादुर भट्टराई तथा पर्यटन व्यवसायी रामचन्द्र भट्टराईबाट स्व.पिता रत्न बहादुर भट्टराईको स्मृतिमा १ लाख ११ हजार १ सय २५ रुपैया सहयोग गरेका छन । त्यसै गरी संस्थापक सल्लाहकार प्रेम बहादुर जि.सी.ले १ लाख १ हजार, क्लबका सदस्यद्धय जयन्द्र लालचन र पार्वती लालचनबाट १ लाख १ हजार, पूर्व राष्ट्रिय खेलकुद विकास समितिका केन्द्रिय सदस्य राजेश गुरुङ्ग÷छोरा बुद्ध गुरुङ्गबाट ५१ हजार, स्व.पिता नर बहादुर कार्कीको स्मृतिमा पुत्र दिपेन्द्र कार्की १५ हजार १५,लेखनाथ न.पा.बेगनासताल निवासि राजुमाया थकाली/रन प्रसाद थकालीका छोरा सुमन थकालीबाट १० हजार ५ सय २५, ममता÷ निर्मता थकालीबाट २० हजार ५० रुपैयाँ, धमेद्र बराल र बिराट बराल रत्नचोकबाट १५ हजार ५ सय ५५ प्राप्त भएको छ । उक्त अक्षयकोषमा सहयोग रकम संकलन सहारा यु.के.का संयोजक ओम प्रकाश गुरुङ्ग ५० हजार, मिन राना(यु.के.) १लाख १ हजार,ले.जस बहादुर गुरुङ्ग ५० हजार, क्या.प्रेम बहादुर गुरुङ्ग ५० हजार, ,ठाकुर गुरुङ्ग (यु.के.)५१ हजार,ओम प्रसाद गुरुङ्ग (जापान) यु.के.५१हजार, कोल प्रसाद गुरुङ्गबाट १० हजार आर्थिक सहयोग अक्षय कोषमा संकलन भएको छ । त्यस्तै सहारा यु.के.का संस्थापक अध्यक्ष नवीन गुरुङ्गबाट सहारा एकेडेमी परिसरमा एडिएसल जडानको निम्ति २० हजार प्राप्त भएको छ भने इन्डीयन गोर्खा बिग्रड फुटबल टिम बाट ३० हजार सहयोग रकम प्राप्त भएको क्लवले जनाएको छ । त्यस्तै स्याङ्जा जिल्ला ओरष्टे गा.वि.स.वडा नं.२ मटकिना,सरानेघरे बाबाआमा,दाजुभाई,दिदि बहिनीहरु, छोरी ज्वाई समेतबाट क्रमशःदिल बहादुर गुरुङ्ग÷लक्ष्मी गुरुङ्ग १ लाख १ हजार, नर बहादुर गुरुङ्ग/छोरा लोक बहादुर गुरुङ्ग १ लाख १ सय,गिर प्रसाद गुरुङ्ग/देब कुमारी गुरुङ्ग ५१ हजार,तुल बहादुर गुरुङ्ग/खिर कुमारी गुरुङ्ग ५१ हजार,शर्मिला गुरुङ्ग÷विराज गुरुङ्ग ५१ हजार,प्रदिप/सुमित्रा(सानु) गुरुङ्ग १ लाख १ सय, झनक बहादुर गुरुङ्ग/चित्र कुमारी गुरुङ्ग १ लाख १ सय रुपैयाँ गरी ५ लाख ५५ हजार ५ सय ५५ सहारा यु.के.का अध्यक्ष दिलिप कुमार गुरुङ्ग र सल्लाहकार चन्द्र बहादुर गुरुङ्ग समेतको समन्वयबाट संकलित उक्त रकम क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरिएको थियो । सहारा क्लब पोखराद्धारा संञ्चालित कठिन परिस्थिति र विपन्न बर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २६ जना बालकहरुको आश्रयस्थल सहारा एकेडेमी दोबिल्ला पोखरा–१७ लाई निरन्तरता दिने उद्देश्य अनुरुप गठित अक्षय कोषमा हालसम्म करीब ७० लाखभन्दा बढी संकलन भएको क्लवका अध्यक्ष आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप