शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेहा पुनको हत्यारालाई कार्वाहीको माग गर्दै बेलायतबाट ज्ञापन पत्र

आइतबार, २४ माघ २०७२, २२ : १९
आइतबार, २४ माघ २०७२
लण्डन- ६ फेबररी शनिबारको दिन नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले नेपाली दुताबास लण्डनमा  ज्ञापन पत्र बुझाएका छन् ।
म्याग्दी चिम्खोला-७ स्थाई घर भई हाल कास्की पोखरा-१५ नयाँ गाउ बस्ने १९ बर्षिया मगर चलचित्रकी नायिकासमेत रहेकी “ नेहा  पुनको को बलात्कार पछि निर्ममता पूर्बक हत्या गरिएको बिरोधमा हत्यारालाई छिटो भन्दा छिटो कानुनी दायरामा लिई कड़ा भन्दा कड़ा कारवाहीको माग सहितको ज्ञापन पत्र प्रधानमन्त्रीको नाँउमा बेलायत स्थित नेपाली दुताबासका कार्यबाहक राजदूत  तेज बाहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको हो  ।
महिला महासंघकी अध्यक्ष कमला थापा उपाध्यक्ष बिमला राई, महासचिब बिमला सेने , संस्थाका सल्लाहकार तथा नेपाली महिला समाज बेलायतकी उपाध्यक्ष शशी सुब्बा थापा, बेलायत मगर महिला संघकी अध्यक्ष हिमाली राना , दुरा महिला सेवा समाजकी अध्यक्ष गंगा दुरा एनआरएन बेलायतकी उपाध्यक्ष शान्ती थापा कुवर , अनिता थापा , ईन्दिरा गलामी , किरात राई यायोख्का सल्लाहकार क्षेत्रकला राई,बिजि डब्लु एस रेडियोका संबाददाता गोमा राना , जमुना पुन, जनमुक्ति मञ्च बेलायतका केन्द्रिय सदस्य शोभा राना, हिमा थापा,   लगायत स्थापित थुप्रै महिला संजालका महिला अधिकार कर्मीहरुको हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले सम्पुर्ण नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतलाई स्तब्ध तुल्याएको छ । यस्तो निकृष्ट शैलीको हत्याको महिला महासंघ बेलायत घोर बिरोध र भ्रतसना गर्दछ ।'
उक्त घटनाले सम्पूर्ण महिलाहरु असुरक्षित महसुस गरेको भन्दै ज्ञापनपत्रमा हत्यारा जोसुकै भएपनि तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हत्यारालाई हदैसम्मको कारबाही गरी आम महिलाहरुको स्वतन्त्रता पुर्बक बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुब्यबस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ नेपाल सरकारले पिडित परिवारलाई यथासिध्र राहतको ब्यबस्था समेत मिलावोस् भन्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना समेत प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप