ललितपुर पहिलो बालश्रम मुक्त जिल्ला हुने
ललितपुर – ललितपुर पहिलो बालश्रम मुक्त जिल्ला हुने भएको छ । ललितपुरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेको ललितपुर उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगर पालिकालाई बालश्रम मुक्त गर्नका लागि हरियो झण्डा अभियान सुरु गरिएको थियो । जुन घरमा बालश्रम छैन त्यसमा हरियो झण्डा राखेर बालश्रम अन्त्यका लागि अभियान सञ्चालित छ । २१ नम्बर वडाबाट हरियो झण्डा अभियान सुरु गरिएको उपमहानगर पालिकाले जनाएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आइतबार आयोजित बालश्रम र मिडियाको भूमिका बिषायक अन्तक्र्रिया कार्यक्रममा बालश्रम मुक्त क्षेत्रका लागि सरकारी मापदण्ड पुरा गर्न लागिएको उपमहानगर पालिकाले जनाएको छ । उपमहानगर पालिका प्रमुख कार्यकारी भरतमणी पाण्डेले बालमैत्री नगर घोषणाको तयारी भइरहेको जानकारी दिए । पाण्डेका अनुसार बालश्रम राख्ने होटल तथा रेष्टुरेण्ट र नीजि कम्पनीहरुबाट श्रमिक बालवालिकालाई पुनःस्थापित गर्ने काम तिव्र भईरहेको छ । उनले भने ‘उपमहानगर पालिकाका ५ वटा वडाहरुलाई हामी तत्काल बालश्रम मुक्त घोषणा गर्ने अभियानमा छौँ, त्यसका लागि आधारहरु तयार भइसकेका छन्’ । बालअधिकारर्मी बिष्णु खत्रीले बालश्रम सम्बन्धमा मिडियाको ध्यान केन्द्रित हुन नकसेको बताए । राजनीतिममै नेपाली मिडियाहरु बढी केन्द्रित हुँदा बालश्रमलगायतका सामाजिक बिषयवस्तुहरु आझेलमा पर्न गएको उनको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले बालश्रमले गरिवीलाई बढावा दिने भएकोले यसको अन्त्य गर्ने दायित्व नेपाल सरकारको भएको बताए । महासंघका पूर्वअध्यक्ष प्रभुनारायण बस्नेतलगायतले बालश्रम अन्त्यका लागि मिडियाको प्रभावकारी भूमिका हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण