यी हुन् १२ औं सागमा पहिलो स्वर्ण दिलाउने १६ वर्षीया निमा
गुवाहाटी– उसु खेलाडी निमा घर्तिमगरले १२ औं दक्षिण एसियाली खेलुद ‘साग’ मा नेपालका लागी पहिलो गोल्ड जितेकी छिन् । प्रतियोगीताको चौंथो दिन भरतको सिलोङमा सोमबार भएको प्रतिस्पर्धामा उसुतर्फ थाउलोको छानछ्वान विधामा भारतिय खेलाडीलाई हराउँदै उनले गोल्ड जितेकी हुन् । आईतबार भएको पहिलो चरणको खेलमा निमाले ८.८४ र आज भएको दोस्रो चरणमा ८.४६ अंक सहित कुल १६. ९२ अंक हासिल गर्दै उनले स्वर्ण चुमेकी हुन् ।
रुकुममा जन्मेकी निमा काठमाडौं स्थित डनबस्को स्कुलमा दश कक्षामा अध्ययनरत छिन् । उनी ललितपुरको ग्वार्कोमा बस्छिन् । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक चुम्न पाउँदा आश्चार्य मशसुस भएको प्रतिक्रीया दिँदै उनले भनिन्, ‘शुरुमा निकै डरको महशुस भईरहेको थियो, जितेपछि गौरवान्वित भएको छु ।’
त्यस्तै, उसुतर्फ नान क्वान अल राउण्डको पुरुषमा युवराज थापाले रजत पदक जितेका छन् । आज भएको खेलमा थापाले रजत हात पारेका हुन् । पहिलो चरणमा ८ दशमलव ८८ अंक हात प्राप्त गरेका थापाले दोस्रो चरणमा ९ दशमलव २१ अंक सहित कुल १८ दशमलव १३ अंक हात पार्दै रजत जिते ।
तस्बिर : पिजे क्लब
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण