६ महिनापछि यतायात संचालनमा, जनजीबन समान्य बन्दै
सिरहा–शुक्रबारबाट विरगञ्ज नाका खुलेसँगै सिरहा सप्तरी लगायतका जिल्लाहरुमा सार्वजनिक यातायातका साधनहरु पुर्ण रुपमा सञ्चालनमा आएको छ । सगरमाथा यातायात व्यवसायी संघ सिरहाले औपचारिक निर्णय गर्दै सगरमाथा अञ्चल भरी सार्वजनिक बस सञ्चालनमा ल्याएको छ । संघका अध्यक्ष हरिनारायण यादवका अनुसार मोर्चालाई पटक पटक आग्रह गर्दा पनि निर्णय दिन नसकेपछि आफैं निर्णय गरेर बस सञ्चालन गरिएको हो । नकाबन्दी खुल्ने, बजार खुल्ने, रात्री बस खुल्ने हामी मात्रै किन बस बन्द गर्ने, ६ महिनासम्म हामीले बस थन्काएर आन्दोलनलाई सहयोग गर्यौं अब धेरै भयो । सिरहा जिल्लाबाट ५२ वटा दिवा सेवाको यात्रुबाहक बस सेवा सञ्चालन हुँदै आएको उनले बताए । सिरहाबाट राजविराज, जनकपुर, विराटनगर बस सञ्चालन हुँदै आएको छ । उनले मोर्चाको बन्दका कारण जिल्लाबाट सञ्चालन हुने दिवा सेवाको यात्रुबाहक बस सञ्चालकलाई २ करोड भन्दा अधिक घाटा ब्योहोर्नु परेको बताए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको बन्द आह्वानका कारण भदौ सुरु देखि यातायातका साधन ठप्प थियो । मधेसी मोर्चा सिरहा संयोजक किशोरी यादवले मोर्चाको निर्णय बिपरित बस लगायतका अबरोध खुलेको प्रतिक्रिया दिए । उनले भने, केन्द्रीय मोर्चाको ठोस निर्णय नआउँदा अन्यौल छ, माथिको निर्णय पर्खेर बसेका छौं । एता, म्यजिक ब्यबसाय सघ सिराहाका अध्यक्ष उपेन्द्र यादवका अनुसार मोर्चाका नेताहरुलाई पटक पटक बोलाएर जिल्लामा यातायातका साधन सञ्चालन गर्न आग्रह गरिरहँदा पनि २÷४ दिन पर्खिन’ भन्दै आल्टाल गरेको अवस्थामा अझै पर्खिन नसकेर आफुहरुले मोर्चाको सहमति बिना बेगर यातायात सञ्चालन गरेको बताए । सिरहा सप्तरी धनुषामा करिब पाँच सय म्याजिक संचलनमा रहेको संघका अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण