आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

डोल्पासम्म सडक जोड्ने वैकल्पिक सडकमार्गको खोजी

सोमबार, २५ माघ २०७२, १६ : १७
सोमबार, २५ माघ २०७२
डोल्पा  –डोल्पा जिल्लालाई सकेसम्म छिटो राष्ट्रिय राजमार्गको पँहुचमा बिस्तारगर्नकोलागि वैकल्पिक सडकमार्ग खोजि गरीएको छ । अहिलेसम्म सडकसंजालको सुविधा नभएको डोल्पामा जाजरकोट डोल्पा सडकखण्डको अलवा एकबर्ष भित्रै डोल्पासम्म मोटरबाटो पु¥याउनकोलागि मौरे त्रिपुराकोट सडकमार्गको खोजि गरीएको नेकपा एमालेका सांसद् धनबहादुर बुढाले जानकारी दिए । डोल्पालीहरुलाई सकेसम्म छिट्टैनै सडकसुविधाको विस्तारगरी जनजीवनमा सहजता ल्याउनकोलागि कर्णालीकै जुम्लाको सिमानामापर्ने मौरे देखि त्रिपुराकोट सम्मको सडकखण्डको निर्माणगर्नकोलागि केन्द्रसम्म पहल गरीएकोबुढाले जानकारि दिए । यस सडकखण्डबाट तुलनात्मक रुपमा कमलगानिमा डोल्पासम्म सडकविस्तारगर्न सकिनेभएकाले अहिले दश करोड बराबरको लागतस्टेमेट बनाई मन्त्रालयमा पेशभई प्रक्रिया अगाडिबडिसकेकाले छिट्टैनै कामअगागि बड्नेसमेत बुढालेजानकारी दिए । डोल्पामाको रिमी गा बि स स्थित चौरीकोटसम्म गतवर्षनै कच्चीबाटो जोडिसकेकाले त्यहाँदेखि करीव दुईकिलोमिटर सडकखण्डमात्रै चट्टानयुक्त भई गाह्रोहुनेभएपनि बाँकीसबै कमसलमाटो भएकाले डोजरले थोरैसमयमानै धेरै निर्माणकार्य गर्नसक्ने दाबि समेत बुढालेगर्नुभयो भने यस सडकखण्डको निर्माणकालागि मन्त्रालयका मन्त्रिहरु देखि सचिवसम्म सकरात्मक देखिएकाले डोल्पालीहरुलाई छिट्टैनै सडकपुग्ने बिषयमा बुढाले आस्वस्थ पारे । यस सडकखण्ड अस्थायिभएपनि जाजरकोट डोल्पा सडक विस्तारनहुन्जेलसम्म डोल्पालीहरुलाई आवाश्यक दैनिक उपभोग्यबस्तुहरुको सहज आपुर्तिमा सहयोगगर्ने र विस्तार भईसकेपछिपनि दिर्गकालिन रुपमा कालोपत्र गरीए दुईवटै सडकमार्ग संञ्चालनमा आउने समेत बुढाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप