यस्तो छ नेपाल बारमा चुनावी सरगर्मी
काठमाडौं - कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको २४ औं कार्यसमितिको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु भएको छ ।
६ चैत्रमा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि प्रगतिशिल समूहबाट नेकपा एमाले र एमाओवादी निकट कानुन व्यवसायीहरुको संयुक्त प्यानल र लोकतान्त्रिक निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) को प्यानल चुनावी मैदानमा उत्रिने तयारी गरेको छ । तीन वर्षसम्म कार्यकाल रहने नेपाल बार एसोसिएसनको हरेक कार्यसमितिको निर्वाचन पुसको अन्तिम शनिबार नियमित प्रक्रिया अनुसार हुँदै आएकोमा यसपटक बारको इतिहासमा पहिलोपटक विशेष परिस्थिति जनाइ कार्यकारणी समितिले दुई महिनाका लागि म्याद थप गरेको थियो । कार्यसमितिको चुनावका लागि दुवै प्यानलबाट उम्मेदवारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
उम्मेदवार छनोटका लागि डीएलएको तर्फबाट वरिष्ठ अधिवक्ता विनोद शर्माको नेतृत्वमा १३ सदस्य समिति निर्माण बनेको छ । बारको कार्यसमितिमा अध्यक्ष र महासचिव निकै महत्वपूर्ण पद मानिने गरेको छ । डीएलएका तर्फबाट अध्यक्षका लागि अन्तर्राष्ट्रिय कानुनकाज्ञाता तथा नेपाल ल क्याम्पसका सहप्राध्यापक शेरबहादुर केसी, अधिवक्ता माधव बास्कोटा र रामकुमार श्रेष्ठ मध्ये एक जना उठ्ने तयारी छ । आधिकारिक टिकट केसी ले नै पाउने बलियो आधार रहेको डीएलए स्रोतले बताएको छ ।
त्यस्तै महासचिवका लागि केदार कार्की, खम्ब खाती, लीलामणि पौड्याल, शान्त्ता सेढाई र मोती गौतमको नाम चर्चामा रहेता पनि अध्यक्षमा केसीले टिकट पाए महासचिवमा केदार कार्कीको सम्भावना बलियो छ । दुई भागमा विभाजित डीएलए नेपाल बारकै निर्वाचनलाई मध्यनजर राख्दै एक ढिक्का भएकाले भएको छ ।
त्यस्तै नेकपा एमाले र एमाओवादी निकट कानुन व्यवसायीहरुको संयुक्त प्यानलबाट अध्यक्षका लागि रमन श्रेष्ठ र विजयकान्त मैनालिको नाम चर्चामा रहेता पनि कानुन व्यवसायी भित्र एमालेको संगठन बलियो र प्रभावकारी भएकाले विजयकान्त मैनालिले टिकट पाउने बलियो सम्भावना देखिन्छ ।
त्यस्तै महासचिवका लागि हरि फुयाल, दिलमणि पोखरेल, श्यामजी प्रधान र केदार गुरागाइँको नाम चर्चामा छ । मैनालीले टिकट पाएको अवस्थामा पोखरेल या प्रधानले महासचिवको टिकट पाउने सम्भावना बलियो रहेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण