अन्तरिक्षबाट खसेको उल्कापीण्ड लागेर भारतीय बस ड्राइभरको निधन भएको दाबी
तामिलनाडु – एक भारतीय बस ड्राइभरको अन्तरिक्षबाट खसेको उल्कापिण्ड लागेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले दाबी गरेको छ । यदी समाचार सत्य भए उनी यसरी मर्ने पहिलो व्यक्ति बन्ने छन् । भारतको तमिल नाडु राज्यको भेलोरमा रहेको एक इन्जिनियरिङ कलेज नजिकै उभिरहेका ती ४० वर्षीय कमाराजको उल्कापीण्ड खसेर निधन भएको स्थानीय मन्त्री जयाललिथा जयरामले बताइन् । डेली मेलले न्यु इन्डियन एक्सप्रेसलाई उद्धृत गर्दै लेखेको छ, ‘स्थानीय निजी इन्जिनियरिङ कलेजको प्राङगणमा उल्कापीण्ड खसेर उक्त घटना भयो मन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’ उनको परिवारलाई १ लाख तत्काल उपलब्ध गराउने घोषणा गरिएको छ । कथित उल्कापीण्डले लागेपछि ती व्यक्तिालाई नजिकैको अस्पतालमा लगिएको थियो तर बाटोमा लैजादै गर्दा उनको निधन भयो । घटनामा अन्य तीनजना घाइते भएका छन् । ठूलो अवाज आएपछि बाहिर निस्केका विद्यार्थीहरुले जमिनमा ठूलो खाडल देखेका थिए । विद्यार्थीहरुले अकाशबाट चम्किलो वस्तु खसेको देखेको बयान दिएका छन् । यद्यपि, प्रहरीले उक्त बायनलाई झुठो बताउँदै कलेज बनाउँदा जमिनमूनि गाडिएको जिलेटिन स्टिकका कारण विस्फोट भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण