भारतीय सञ्चालक फरार भएपछि युएईमा दुई नेपाली अलपत्र
युएई – रोजगारीको शिलशिलामा युएईको अलएेन पुगेका दुई नेपाली यतिबेला अपलत्र परेका छन् । कम्पनीका सञ्चालक रहेका भारतीय नागरिक भागेपछि उनीहरु अलपत्र परेका हुन् । यसरी विचल्ली पर्नेमा रोल्पा राङ्स- ९ निचवाङ्का डाल प्रसाद घर्तिमगर र सुजन कुमार घर्तिमगर रहेका छन्। उनीहरु ७ वर्ष पहिले युएईको अलएेन स्थित गोल्डेन पिकअप नामक कम्पनीमा काम गर्दै आएका थिए । सञ्चालक नै फरार भएपछि उनीहरू १ महिनादेखि अलपत्र रहेका छन्। दुई जना आफ्नै सहोदर काका भतिज हुन्।
आफन्तले पठाएको कम्पनी भिषा मार्फत युएई छिरेका यी दुई जना २१ महिनादेखि भिषाबिहिन रहेको बल्ल थाहा पाए। आफ्नो काम गर्ने परिचय पत्र (लेबर कार्ड) मा समय सिमा नसकिएकोले काम गरिरहेको तर बिगत पाँच महिना देखि तलब नपाएकोले समस्यामा परेको पिडित सुजन बताउँछन्। तर उक्त परिचय पत्र (लेबर कार्ड) पनि नक्कली भएको खुल्न आएको छ।
समस्यामा परेका उनीहरू उद्दारको खोजीमा स्थानिय प्रहरी समक्ष गएको तर न्याय नपाएकाले लेबर कोट पुगे। त्यहाँबाट पनि उचित राहत नपाएकाले नेपाली दुताबास आबुधाबीसम्म पुगेका थिए। दुताबासबाट तीन महिना भित्र सम्म नेपाल फर्कन सक्ने गरी दुबैलाई एक तर्फी हवाई यात्रा (ट्राभल्स डकुमेन्ट) बनाई दिएको थियो।
नेपाली दुतावास आबुधावीका द्वितिय सचिब बिष्णु कुमारी अधिकारीको हस्ताक्षरसहित दुताबासले दिएको एक तर्फी हवाई यात्रा (ट्राभल्स डकुमेन्ट) को साथमा आफ्नै गाँउ घरको साथीहरूको सहयोगमा हवाई टिकट लिएर शारहजा एर्पोटबाट एअर अरबियाको उडान नं. जी ९५३७ मा बोर्डिङ् पास लिई घर फर्कने क्रममा विमानस्थल सुरक्षा चेक जाँचले गत शुक्रबार उनीहरूलाई फर्काइ दिएको छ। घर जाने र कहिले परिवारसँग भेट्न पाउने आशामा रहेका उनीहरू अहिले निराश बनेका छन्।उनीहरुको समस्यामाथि झन् समस्या थपिएको छ । न काम छ,न खाने पैसा नै, ५ महिना देखि बेतलब काम गरिरहेका उनीहरूलाइ बेला बेलामा मालिकले एक दुई सय पैसा दिने गरेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण