उदयपुरमा सात करोडको तेजपात उत्पादन
सोमबार, ०३ फागुन २०७२, १० : ५७
गाईघाट – उदयपुर जिल्लाको मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भई यस वर्ष झन्डै रु सात करोडको तेजपात उत्पादन भएको छ ।
जिल्ला वन कार्यालय उदयपुरका अनुसार जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, मयङ्खु, तावाश्री क्षेत्रमा यस वर्ष तेजपात उत्पादनमा वृद्धि भएको हो ।
यस्तै जिल्लाको मध्य पहाडी गाविसको डुम्रे, मुर्कची, साउने, खाँबु र भुटार क्षेत्रमा पनि यस वर्ष राम्रो मात्रामा तेजपात उत्पादन भएको छ ।
जिल्लाको पूर्वी क्षेत्रको कटुञ्जे बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा पनि राम्रो तेजपात उत्पादन भएका कारण जिल्लामा कुल रु सात करोड बराबरको तेजपात उत्पादन भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
उदयपुर जिल्लामा २५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन हुँदै आएको तेजपात पछिल्लो चरणमा अझ वृद्धि भएर यसको खेतीको विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले बताए ।
जिल्लाको सबैभन्दा बढी तेजपातखेती हुने रौता गाविसको मुकुची क्षेत्र रहेको छ । यस क्षेत्रमा विश्वकै सबैभन्दा उत्कृष्ट जातको सिनामोल अमला नामको तेजपात उत्पादन हुने तेजपात व्यवसायी भरत थापाले बताए ।
मुर्र्कुची क्षेत्रमा मात्र झन्डै रु दुई करोड ५० लाख बराबरको तेजपात उत्पादन हुने गरेको थापाले बताए ।
जिल्ला वन कार्यालयका अनुसार जिल्लामा सिनामोल अमला र सिनामोल टोलमाला नामका दुई जातका तेजपात उत्पादन हुँदै आएका छन् । सिनामोल अमला विश्वको नै उत्कृष्ट तेजपात रहेको वनका कर्मचारीहरू बताउँछन् ।
अहिले जिल्लाको स्थानीय बजारमा तेजपातको बजार मूल्य प्रतिकेजी रु ४० देखि रु ६० सम्म रहेको तेजपात उत्पादक कृषक बताउँछन् ।
बहुउपयोगी तेजपात मुख्य त यसको पात र बोक्राबाट औषधि, मसला तथा खाद्य पदार्थलाई सुगन्धित बनाउका लागि प्रयोग हुने गरेको छ ।
तेजपात उत्पादनमा वृद्धि भए पनि यस वर्ष असोजदेखि तराईका नाका बन्द हुँदा सोचेजस्तो तेजपात बिक्री हुन नसकेको रौता–७ मुर्कचीका एक कृषक होमराज मगरले बताए ।
अहिले तराईका नाकाहरू खुल्ने क्रम सहज भएपछि यसको बिक्रीमा सहज हुन थालेको तेजपात उत्पादक कृषक बताउँछन् ।
उदयपुरको पश्चिमी पहाडी क्षेत्रमा उत्पादन भएका तेजपात जिल्लाको कटारी बजार हुँदै वीरगन्ज तथा विराटनगर भएर भारत निर्यात हुने गरेको छ ।
जिल्ला वन कार्यालय उदयपुरले आठवटा विभिन्न नर्सरीबाट झन्डै तीन लाख ५० हजार तेजपातका बिरुवा वितरण गरेपछि यसको खेतीमा अझ विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।
यस्तै उत्पादित तेजपातको भण्डारणमा समस्या र ठेकेदार तथा दलालका कारण सही मूल्य पाउन नसक्दा आफूहरू पीडित बन्न परेको मुर्कची–७ का तेजपात उत्पादक कृषक विजय बलाम्पाकी मगर बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण