चितवनमा ६८ युवा कृषकलाई अनुदान
चितवन - जिल्ला कृषि विकास कार्यालय चितवनले तरकारीखेती गर्ने युवा कृषकलाई यसवर्ष ३६ लाख प्रोत्साहनस्वरुप अनुदान दिने भएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत सो रकम दिनका लागि ६८ जना कृषकको छनोट गरिएको छ ।
बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार १९९ जना युवा कृषकले आवेदन दिएकामा ६८ जनालाई छनोट गरिएको हो । उनीहरुमध्ये पहाडका २४ जनालाई प्रतिव्यक्ति रु ४० हजार र तराईका ४४ जनालाई प्रतिव्यक्ति ६० हजारका दरले अनुदान दिइने छ ।
विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका आर्थिक रुपमा तरकारीखेती गर्न केही लगानी गर्न सक्ने १८ देखि ५० वर्षसम्मका कृषकलाई यो अनुदान दिइने उनले बताए । तराईमा कम्तीमा एक मौसममा एक बिगाहा र पहाडमा सात कट्ठा १० धुरमा तरकारीखेती गर्ने व्यावसायिक कृषक अनुदानका लागि छनोटमा पर्ने गर्दछन् ।
यसअघि पहिलो वर्ष ६० जनालाई र दोस्रो वर्ष ४५ जनालाई यो अनुदान रकम वितरण गरिसकिएको छ । छनोटमा परेकाहरुलाई आजबाट तालिम दिइँदै छ । तीन दिनसम्म तालिम दिएपछि उनीहरुलाई दुई किस्ता गरेर अनुदान रकम दिइने थापाले बताए ।
यस वर्ष चितवनमा छ हजार ३०० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । जिल्लामा पूर्णरुपमा व्यावसायिक तरकारीखेती गर्ने कृषकको सङ्ख्या ४०० भन्दा बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण