कालिकोटमा कांग्रेस सभापतिमा संस्थापन विजयी, महाधिवेशन प्रतिनिधिमा देउवा हाबी
कालिकोट – सोमबार बिहान भएको नेपाली कांग्रेस कालिकोटको चुनावी घोषणा अनुसार सभापतिमा संस्थापन पक्षको उम्मेदवार हर्षबहादुर बम विजयी भएका छन् । बमले १४४ मत ल्याएर विजय भए भने उनका प्रतिद्वन्द्वी देउवा पक्षका सभापति उम्मेदवार कालीबहादुर सहकारीले १२८ मतले पराजित भए । जिल्ला कार्य समितिको सचिव पदका लागि देउवा पक्षका नन्दबहादुर सिंह बिजय भएका छन् । संस्थापन पक्षका नगेन्द्र बिष्ट पराजित भए । कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवार मनजित शाही बिजय भए । कार्यसमितिको कोषाध्यक्ष पदका लागि आनन्द कुमार शाही, कटकबहादुर शाही, गोर्खबहादुर बटाला, प्रेमबहादुर शाही(भिआईपी) पराजित भएका छन् । त्यस्तै, महाधिवेशन प्रतिनीधिका लागि लागि २२ जनाको उम्मेदवारी परेको थियो । महाधिवेशन प्रतिनीधिका भएको निर्वाचनमा सबैभन्दा बढी मत पाएर मोतीराज बम, भुपेन्द्रजंग शाही, हिक्मतबहादुर बिष्ट, नारायण भट्टराई, मानबहादुर रोकाया र दानबहादुर बम बिजय बनेका छन् । भुपेन्द्रजंग शाही र भट्टराई संस्थापन पक्षका हुन् भने अरु सबै जना देउवा पक्षका रहेका छन् । महिला महाधिवेशन प्रतिनीधिका दुबै पदमा देउवा पक्षधर उम्मेदवार बिजय बनेका छन् । यसोधा शाही र सुशिला शाही बम बिजय बनेका छन् । संस्थापन पक्षका ताराकुमारी शाही, धर्मा शाही, र भावना शाही पराजित बनेका छन् । दलित महाधिवेशन प्रतिनीधिका लागि दुई जनाको उम्मेदवारी परेको थियो । संस्थापन पक्षका कर्णबिर टमट्टा बिजय भएका छन् भने देउवा पक्षका रतनसिंह दर्जी पराजित भएका छन् । अपाङ्गतर्फबाट महाधिवेशन प्रतिनीधिका दुई जनाको उम्मेदवारी परेको थियो । देउवा पक्षका टेकराज शाही बिजय भएका छन् । संस्थापन पक्षका नयनबहादुर शाहीले पराजित भएका छन् । जनजातीतर्फबाट महाधिवेशन प्रतिनीधिमा तीन जनाको उम्मेदवारी परेको थियो । अर्जुनकुमार जि.सी., भिम लामा र शान्ति थापामगरले उम्मेदवारी दिएका थिए । देउवा पक्षधर उम्मेदवार भीम लामा बिजय भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण