तल्लोस्तरको कर्मचारीले सुरुवाका लागि सिंहदरबार धाउन पर्दैनः मन्त्री शर्मा
दाङ–सामान्य प्रशासनमन्त्री रेखा शर्माले तल्लो स्तरको कर्मचारीले सुरुवाका लागि अब सिंहदरबार धाउन नपर्ने बताएकी छन् । रिर्पोटस क्लव दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरुवाकै लागि सिहंहदरबार जाने, मन्त्री, नेता भेट्ने र घुस खुवाउने प्रवृतिको अन्त्य भएको उनले दाबी गरिन् ।
जिल्लामा एक कार्यालयबाट अर्को कार्यालयमा सुरुवाका लागि जिल्लामा सिडियो र क्षेत्रमा क्षेत्रीय प्रशासकलाई सरुवाका लागि अधिकार प्रत्यायोजन गरिएको मन्त्री शमाले बताइन् ।
मन्त्री शर्माले तीन महिनामा काजमा गएर ३–४ बर्ष सम्म पनि नफर्किने समस्यालाई रोक्न नीतिगत रुपमा प्रकृया अघि बढाइएको बताइन् । निजामति ऐन विपरित काजमा सरुवा भएका ४ सय बढी कर्मचारीको काज फिर्ता गरेको बताउदै बाँकी रहेकालाई पनि फिर्ता गराउने क्रममा रहेको बताइन् । अति आवश्यक नभएकाहरुलाई काजमा नपठाउने र आवश्यकता भएकालाई निजामति सेवा ऐनको मापदण्ड र परिधिभित्र रहेर व्यवस्थापन गर्ने उनले बताइन् । निजामति सेवा ऐनमा, आयोजनाको काजमा एक बर्ष र अन्यमा तीन महिना सम्म काजमा पठाउन सक्ने व्यवस्था भए पनि ३ महिना, काजमा गएका आउदै नआउने, कर्मचारी कहाँ छन् के गर्दै छन् त्यो समेत थाहा नहुने समस्यालाई रोक्ने प्रकृया अन्तिम चरणमा पुगेको मन्त्री शर्माले बताइन । मन्त्री शर्माले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालको कामलाई प्रभावकारी बनाउन अनिबार्य पोशाको व्यवस्था गरेको बताइन् ।
कार्यालमा बसेका व्यक्ति, ठग्ने दलाल हुन् कि कर्मचारी हुन्, भन्ने जनताको दुविदालाई चिर्न सचिव स्तरीय बैठकले अनिवार्य पोशाको निर्णय गरेर मुख्य सचिवले कार्यान्वयनका लागि निर्देशन दिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण