धमाधम नदीजन्य पर्दाथ चोरी
नवलपरासी –अबैध रुपमा नदीबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको टेक्ट्ररहरु इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिका अन्तरगत तुरीया खोलाबाट ढुंगा लोड गरेका ८ वटा टेक्ट्रर प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक योगेन्द्र तिमील्सिनाको नेतृत्वमा रहेको प्रहरी गस्ति टोलीले लु २ त ७३४८, लु २ त ७२९६, लु २ त २७४८, लु ३ त २४२७, लु ३ त २४२५, लु ३ त २४०५, लु ३ त ६४९, लु ३ त ९६६२ नम्वरका टेक्ट्ररहरु नियन्त्रणमा लिइएको हो । पक्राउ परेको लु ३ त २४२५ नम्वरका टेक्ट्ररले पटक,पटक खोलाजन्य पदार्थ चोरी गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका टेक्ट्ररलाई पहिलो पटक ७ हजार जरीमाना लिएर छाडिने र पटकेमा परेकालाई जरीमाना थप गरिने बताईएको छ । पक्राउ परेका टेक्ट्ररमा ल्याइएको ढुङ्गा कार्यालयमै खसालेर जरीमाना लिएर छाड्ने गरेको तिमील्सिनाले बताए ।
जिल्ला बिकास समितिले आर्थिक वर्षको अन्तिममा नदीजन्य पर्दाथको ठेक्का बन्दोबस्त गर्दै आएको भए पनि यस वर्ष खोलाहरुको आइ.इ नभएको र कतिपय खोला चुरे राष्टपतिमा परेको भन्ने बिबादका कारण ठेक्का लगाउन नसकिएको जिल्ला बिकास समीतिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण