जनताले बनाइदिए प्रहरीको लागि घर
तुलसीपुर–इलाका प्रहरी कार्यालयको परिसरमा सरकारी लगानी विना सिनियर प्रहरी अधिकृत बस्ने भवनको निर्माण गरिएको छ । तुलसीपुरमा रहेका विभिन्न व्यवसायीको २० लाख आर्थिक सहयोगमा ३ कोठे भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि तुलसीपुर क्षेत्रका विभिन्न उद्योगी, व्यापारी, यातायात व्यवसायीले सक्दो सहयोग गरेका थिए । भवन निर्माणका लागि व्यवसायीले निर्माण सामग्री र आर्थिक सहयोग गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । भवन निर्माण भए पछि कोठा भाडामा लिएर बस्दै आएका अधिकृतहरु कार्यालय परिसरमै सहजरुपमा बस्न पाउने भएका छन् । यसैविच नबनिर्मित भवनको आजै एक कार्यक्रमको उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै अंचल प्रहरी प्रमुख तथा प्रहरी बरिष्ट उपरिक्षक प्रेम चन्दले जनताको लगानीमा निर्माण भएको भवनको उद्घाटन गर्न पाउदा ज्यादै खुशि र हर्षले विभोर भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण