व्यवसायिक बन्दै वादी समुदायका महिला
सल्यान– सल्यानका वादी समुदायका महिलाहरु सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुदै गईरहेका छन् । देहव्यापारमा संलग्न जाति भनि समाजद्वारा हेपिने सो समुदाय विभिन्न रोजगारमुलक कार्यमा लागि आत्मनिर्भर हुदै गएका हुन् । रोजगारमूलक गतिविधि र सामाजिक विकासमा संलग्नता बढ्दै गएपछि समाजले पनि उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । समाज विकास क्रमसँग सँगै आफुहरुले अहिले देहव्यापारलाई चटक्कै छाडिसकेको सल्यान शारदा नगरपालिका वडा नं. १ शान्तिनगरकी सृजना नेपालीले बताए । उनले भने, ‘ हिजोसम्म रोजगारीको कुनै विकल्प देखेका थिएनौं, विकास निमार्णको अनुभुति भएको थिएन यसर्थ देहव्यापारमा लाग्न बाध्य थियौं, तर अहिले रोजगारीका विभिन्न अवसरहरु आइरहेका छन् । देहव्यापार नगरेरै पनि परिवार चलाउन सकिन्छ भन्ने सबैमा चेतनाको विकास भयो त्यस समयदेखि कोही पनि महिला देहव्यापारमा लागेका छैनन् ।’ दलित सेवा संघ नामक संस्थाले सचेतनामुलक कार्यक्रम तथा जिल्ला लघु उद्यमी संघ सल्यानले आर्थिक उपार्जन सम्बन्धी तालिम एव कार्यक्रम गरेपछि जीवनमा निकै परिवर्तन ल्याएको पशुपति दलित समाजकी अध्यक्ष सीता आर्चाय पुनले बताए ।
३८ घर रहेको शान्तिनगरका बादी परिवार अहिले आत्मनिर्भर बन्न सामुहिक च्याउ खेती गर्दै आइरहेका छन् । अबसर र ठाउँ पाएमा बादी महिलाहरु पनि सक्षम छन् भन्ने देखाउन च्याउ खेतीदेखि लिएर बंगुर पालन व्यवसायसम्म लागेको सृजना नेपालीले बताए ।
दलित भित्रको पनि अति सिमान्तकृत वर्गको रुपमा रहेको वादी समुदाय जिल्लामा ८ सय ३२ रहेका छन् । जुन आफ्नो परम्परागत पेशालाई त्याग्दै आर्थिक उर्पाजनका साथै आत्मनिर्भर र नेतृत्वतहमा पनि अघि बढ्दै गइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण