पोखराका यातायात व्यावसायी फेरि आन्दोलित
पोखरा – पोखरामा नयाँ नगर बस सञ्चालनको विषयमा यातायात ब्यबसायीबिच कुरा मिल्न नसकेपछि पुन पुराना ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन् ।
विन्धवासिनी बस ब्यबसायी समितिको नाममा तीन वटा नगर बसले रुट इजाजत प्राप्त गरेपछि सुरु भएको विवाद सोमवार बसेको बैंठकबाट पनि मिल्न नसकेपछि उनिहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिले विज्ञप्ती जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
जस अनुसार मंगलवार विहान ११ बजेदेखि दिउसो एक बजेसम्म पृथ्बीचोक बन्द गर्ने र यातायात ब्यबस्था कार्यालय घेराउ गर्ने उल्लेख छ । त्यस्तै फागुन ५ गते बुधवार विहान ४ बजेदेखि साझ ५ बजेसम्म पोखरामा सार्वजनिक यातायात बन्द गर्ने, ६ गते कास्की जिल्लाभर सार्वजनिक सवारी नगुडाउने समितिले जनाएको छ । नयाँ समितिको रुट इजाजत खारेज नभए फागुन ७ देखि गण्डकी अञ्चलभर अनिश्चितकालका लागि सार्वजनिक सवारी ठप्प पार्ने र त्यसबाट पनि सुनुवाई नभए फागुन ८ देखि महासंघको सहकार्यमा कुनैपनि सवारी सञ्चालन हुन नदिने गरी आम चक्काजाम गर्ने चेतावनी दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यबस्था विभागको पत्रका आधारमा यातायात ब्यबस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो ।
नयाँ समितिले माघ २२ गते बस सञ्चालन गरेपछि पुराना ब्यबसायीले अबरोध गर्दै आन्दोलनको घोषणा गरेका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारीको आग्रहमा माघ २७ सम्म आन्दोलन स्थगित गरेका उनिहरुले पुन नयाँ आन्दोलनको घोषणा गरेका हुन् ।
यो विचमा समस्या समाधानको लागि छलफल भएपनि निश्कर्षमा पुग्न सकेन । सोमवार यातायात कार्यालय गण्डकीमा भएको छलफल पनि विना निश्कर्ष टुङ्गिएपछि पुराना ब्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।
उनिहरुले पोखरामा पर्याप्त सवारी भएको र थप सवारी आवश्यक नरहेको दावि गरेका छन् । तर नयाँ ब्यबसायीले आफुले रुट इजाजत प्राप्त गरेकाले बस सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण