शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डलाई महतोको चेतावनी, यो रवैया ठिक भएन

सोमबार, ०३ फागुन २०७२, १८ : ३०
सोमबार, ०३ फागुन २०७२

काठमाडौ  - संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन स्वरुप परिवर्तन स्थगित गरेपनि मधेशका विभिन्न जिल्लामा प्रहरीले आन्दोलनकारीलाई धडपकड जारी राखेको भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गम्भिर आपत्ति जनाएको छ । अध्यक्ष महतोले शनिवार सरकारको प्रमुख घटक एमाओवादीका अध्यक्ष प्रचण्डलाई फोन गरी आपत्ति जनाएका हुन् । महतोले प्रचण्डलाई आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गरेर लचक बन्दासमेत सरकारको रवैया ठीक नभएको र यस्तै कार्यशैली जारी रहे आफूहरु पहिलेभन्दा पनि सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले बताए । अध्यक्ष महतोले सरकारले वार्ता र संवादकै माध्यमबाट मधेशको माग सम्बोधन होस् भनेर आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको तर सरकारले भने आन्दोलनको क्रममा भएको घटनालाई लिएर प्रहरीद्वारा धडपकड गर्न लगाई मुद्दा चलाइरहेको जानकारी प्रचण्डलाई गराएका थिए । महतोको भनाई उद्धृत गर्दै उपेन्द्र महतोले भने, यसले नराम्रो स्थिति उत्पन्न हुन सक्छ । जवाफमा अध्यक्ष प्रचण्डले आफूलाई यस विषयमा कुनै जानकारी नभएको र यस विषयमा सरकारसँग बुझेर थप कुरा गर्ने प्रतिकृया दिएको नेता महतोले बताए । महतोका अनुसार महोत्तरी, धनुषा, बारामा आन्दोलनमा भएको विभिन्न घटनाको आधारमा धडपकड गरेर मुद्दा चलाउन काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप