आठ वर्षदेखि चिसो भुँइमा पढाई
डोल्पा –भौगौलिक रुपमा नेपालकै विकट जिल्ला डोल्पामा शिक्षाको अवस्थापनि निकै नै कमजोर रहेको छ,जसलेगर्दा डोल्पालीहरुको चेतनास्तर पनि माथि उठ्न सकेको छैन । सरकारी उदासिनताका कारण यहाँको एक विद्यालयका विद्यार्थी आठ वर्षदेखि चिसो भूईमा नै बढ्न बाध्य भएका छन् । उपल्लो डोल्पामा जन्मेका योङतेन गुरुङले सन् २००८ मा मुकोट हिमाल प्राथामिक बिद्यालय सञ्चालनमा ल्याएपनि विद्यार्थीको लागि कुनै सुविधा भने हालसम्म दिन नसकिएको हो ।
सदरमुकाम दुनै देखि करीव सातदिनको पैदलयात्रापछि पुगिने उपल्लो डोल्पाको साल्दाङ गाउँ बिकास समिती स्थित वडा नं तिन तिलिङमा रहेको सो बिद्यालयमा अध्ययनगर्ने बयालिस जना बिद्यार्थिहरु बिगत आठबर्ष देखि चिसो भुँईमा बसेर पढ्न बाध्य भइरहेको एक स्थानीयले बताए । विद्यालयमा डेक्स, बेन्चको अभाबमा आठबर्ष देखि बिद्यार्थिहरु चिसो भुँईमा बसेर अध्ययन गरीरहेका छन्,अहिलेसम्मपनि कुनैपनि निकायले सहयोग नगरेको गुरुङले बताए ।
‘समुन्द्रि सतहदेखि करीव पैँतिसय मिटरको उचाईमा पर्ने यस गाउँ बिकास समितीमा भारी हिमापातले गर्दा बाह्रै महिना यहाँको जनजिवन कष्टकरहुने गर्दछ,अहिलसम्म पुर्वाधार निर्माणकोलागि कुनैपनि निकायले सहयोग गरेको छैन’ उनले भने, ‘उपल्लो डोल्पामा धेरै हिमपातहुँने भएकाले चिसोलेगर्दा पढ्न आएका कतिपय बिद्यार्थीहरु बिरामि समेतपर्ने गर्दछन् ।’ उपल्लो डोल्पाको हावापानी पनि चिसो हुनेभएकाले अध्ययन अध्यापन गराउन समेत असहज हुने र त्यसमा कक्षाकोठा भित्रपनि चिसो भुँईमा बसेर पठनपाठनगर्नुपर्ने भएकाले बिद्यार्थीहरु धेरै बिरामि पर्ने गरेको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण