भारतमा बन्यो विश्वकै सस्तो स्मार्ट फोन
भारतको नोयडामा रहेको द फ्रिडम २५१ नामक मोबाइल कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको छ । यस मोबाइल किन्नका लागि भारु २ सय ५१ तिरे पुग्छ । यो मोबाइल किन्न चाहनेले कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न सक्छन् । यस मोबाइलका विशेषता यस्ता छन्ः १ यस मोबाइलमा एन्डोइड लिलिपप ५.१ ओएस रहेको छ । यसैले प्राय एप्सलाई सञ्चालन गर्नेछ । २ वेभ ब्राउसिंग छिटो गर्नका लागि यसले ३ जी सर्पोट गर्छ । ३ झन्डै नेपाली मूल्य ५ हजार पर्ने मोबाइलमा हुने ४ इन्चको स्क्रिन यसमा पनि छ । ४ यसमा १ जीबीको र्याम छ , जसका कारण ह्वाट्सएप, फेसबुक, ट्वीटर अन्य एप्स समेत चलाउन सकिन्छ । ५ यस फोनमा ८ जीबीको इन्टरनल मेमोरी छ । यसलाई माइक्रो एसडी कार्डमार्फत ३२ जीबीसम्म बढाउन सकिन्छ । तर, रोचक कुरा माइक्रो एसडी कार्डको मूल्य फोनको भन्दा धेरै हुन आउँछ । ६ यसमा क्यामेरा समेत छ । ब्याक क्यामेराको मेघापिक्सल ३.२ छ भने फ्रन्ट क्यामेराको मेघापिक्सल ०.३ । ७ यस मोबाइलको ब्याटि १४५० एमएएच । त्यसैले यो मोबाइलको चार्ज एकदिन टिक्दैन । तर मूल्य अनुसार यसलाई स्वभाविक मानिएको छ । ८ महिला, किसान,माझी र सर्वसाधारणलाई सघाउ पुर्याउनका लागि फोनमा अन्य एप्सहरु इन्स्टल गरिएका छन् किनकी यो मोबाइल भारतको ग्रामीण क्षेत्रका मानिसहरुका लागि लक्षित हो । ९ यो मोबाइल किन्दा १ वर्षको वारेन्टी समेत पाइन्छ । भारतमा ६ सय ५० सर्भिस सेन्टरबाट यो मोबाइल एक वर्ष सित्तैमा मर्मत गर्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण