बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्टार टेलिभिजनका पूर्व सिईओमाथि सौतेनी छोरीको हत्या अभियोग

बुधबार, ०५ फागुन २०७२, १९ : १०
बुधबार, ०५ फागुन २०७२

नयाँ दिल्ली – भारतका मिडिया टाइकुन पिटर मुखर्जीमाथि आफ्नी सौतेनी छोरीको हत्या अभियोग लागेको छ । उनी स्टार इन्डिया नेटवर्कका पूर्र्व सिईओ समेत हुन । उनलाई गत नोभेम्बरमा प्रहरीले पक्राउ गरेको थियो । मुखर्जीले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफ्नो पूर्ववत बयान कायमै रहेको र सौतेनी छोरीको मृत्युमा कुनै संलग्नता नरहेको बताएका छन् ।

यसअघि प्रहरीले सिना बोरा मुखर्जीकी बुहारी भएको अनुमान गरेको थियो । तर छानविनपछि उनी मुखर्जीको सौतेनी छोरी रहेको पुष्टि भयो । प्रहरीले यसअघि इन्द्रायणी मुखर्जीका कारण पिटरले सौतेनी छोरीको हत्या गरेको अनुमान लगाएको थियो । इन्द्रायणी सिना बोराकी आमा हुन् । प्रहरीले इन्द्रायणीको पहिलो श्रीमान्लाई पनि छानविनका लागि पक्राउ परेको छ । त्यस्तै उनको डाइभर पनि हिरासतमा छन् ।

यसअघि २०१२ को मेइ महिनामा मुम्बईबाट १ सय माइल परको गाउँमा एउटा शव जलाइएको अवस्थामा भेटिएको थियो । तीन वर्षदेखि हराइरहेकी सिनाको लाश त्यो हो वा होइन भन्ने यकिन थिएन । त्यतिबेला छानवनका क्रममा पिटर र इन्द्रायणीले सिना भारत छाडेर अमेरिका गएको बताएका थिए ।

उनीहरुले त्यतिबेला सिना बेलायत वा अमेरिकामा छिन् भन्ने देखाउनका लागि सिनाको मोबाइलबाट म्यासेज समेत गरेका थिए । तर पछि इन्द्रायणी र पिटरको सम्बन्ध टुंगियो । प्रहरीले हत्या अभियोगमा पिटरलाई तानेपछि राजनीतिज्ञ शशी थारोरले प्रहरीको अनुसन्धान आधारहिन रहेको बताएका थिए । पिटरले हत्याका सम्बन्धमा थाहा नभएको भन्दै त्यतिबेला देशबाहिरै रहेको बयान दिदैँ आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप